रेडक्रस सोसाइटीको जग्गा खरिदमा ठगी गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीको गोदाम घर निर्माणका लागि भक्तपुरमा जग्गा खरिद गर्दा ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ।
गैह्रसरकारी संस्था (नेपाल रेडक्रस सोसाइटी) को लागि भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ४ (क) मा रहेको कित्ता नं. ८६३, ४९६, ४९७ र ५८१ (क्षेत्रफल ५-१३-३-०) को जग्गा खरिद गर्दा बोलपत्रको शर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत रु. ६,३२,८१,२५०/- भुक्तानी गरिएको र सोमध्ये रु. १,९३,००,७५०/- बिचौलियाले खाईखाएको पाइएको छ। साथै नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा ५-६-२-१ मात्र क्षेत्रफल रहेको पाइएकाले संस्थालाई हानि-नोक्सानी पुर्याई ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेहरूलाई भक्तपुर जिल्ला अदालतबाट अनुमतिको आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।
पक्राउ परेका प्रतिवादीहरूको विवरण:
-
राजेश देशमरु (५२ वर्ष) – मध्यपुर ठिमी नगरपालिका वडा नं. ३, निकोसेरा, भक्तपुर
-
उमेश प्रसाद ढकाल (५७ वर्ष) – स्थायी: नुवाकोट समुन्द्रटार -६, हाल: काठमाडौँ-२६
-
मदन कृष्ण फोजु (५८ वर्ष) – चाँगुनारायण नगरपालिका वडा नं. ५, भक्तपुर
-
संजिव थापा (७० वर्ष) – स्थायी: उदयपुर कटारी -३, हाल: मध्यपुर ठिमी-१, भक्तपुर
-
इन्द्र बहादुर के.सी. (६७ वर्ष) – बालाजु, काठमाडौँ-१६
(विज्ञप्ति मिति: २०८३ भदौ ०२ गते)












Leave a Reply