चाँगुनारायण नगरपालिका एमाले नगर कमिटीलाई सम्बोधन गर्दै वडा नम्बर १ वडा कमिटी अध्यक्ष सुदिप तिमल्सिनाले पार्टिको साधारण सदस्य समेत नरहने गरी अाफ्नो अध्यक्ष पदबाट राजीनामा दिएका छन्। पार्टीका पुराना नेताले अाफूलाई सहयोग नगरेको र केन्द्र देखि प्रदेश हुँदै वडा तह सम्म ब्यक्तिबादी चिन्तन हाबी भएको कारण देखाउँदै अाफ्नो पदबाट राजिनामा दिएका हुन्। २०५५ सालमा मालेको सदस्यता लिएर क्याम्पसमा कम्युनिस्ट पार्टीको राजनीति सुरु गरेको र २०७४ सालमा एमालेका प्रबेश गरी नेकपा एमालेको विभिन्न कमिटिमा रही वडा कमिटीको अध्यक्ष पदमा रहेर संगठन बिस्तार गर्दै अाएकोमा हालको परिस्थितिमा कुनै पनि राजनैतिक पार्टीको सदस्यता नलिई स्वतन्त्र नागरिकको रुपमा अाफू बस्न चाहेको राजिनामा पत्रमा उल्लेख गरेका छन्।हालसम्म अाफूलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिएको छन्।
को हुन् सुदिप तिमल्सिना ?
सानै उमेरदेखि क्रान्तिकारी र निडर व्यक्ति हुन् सुदिप तिमल्सिना ।बिद्यालय जीवनमा नै कृषिमा क्रान्ति गर्नु पर्छ भनेर ब्यबसायिक गोलभेडा खेति गरी एक सफल ब्यापारीका रुपमा अघि बढाएका तिमल्सिना बिद्यालय शिक्षा एसएलसि परीक्षा पास गरेपछि मालेको सदस्यता लिएर कम्यूनिस्ट पार्टीबाट विद्यार्थी राजनीति सुरु गरे। उनले जीवनका कठिन मोडहरू र अनगिन्ती संघर्षहरूलाई छिचोल्दै सफलताको शिखर चुम्न सफल एक उदाहरणीय व्यक्तित्वको रूपमा अाफ्नो नाम परिचित गराउन सफल भएका छन्। कृषि ब्यबसाय हुँदै ढुंगागिट्टी बालुवा तथा ब्लक उद्योग स्थापना गरी ब्यबसाय गरेका अहिले रियल स्टेट ब्यबसायमा समेत लागि परेका छन्।उनी संघर्षबाटै आफ्नो पहिचान बनाएर यी सानै उमेरमा व्यापारिक क्षेत्रमा होमिएका आज भुइँ मानिसदेखि सफल व्यापारीसम्मको यात्रा तय गर्दै समाजमा एक प्रेरणाको स्रोत बनेका छन्।
सानो उमेरमै जीविकोपार्जनका लागि व्यापारको गोरेटोमा पाइला टेकेका उनी बाल्यकालदेखि नै जोसिलो र क्रान्तिकारी सोचका धनी थिए। जीवनका हरेक मोडमा सत्यको पक्ष लिने र अन्यायका विरुद्ध खुला रूपमा उभिने उनको बानीले उनलाई अन्यभन्दा पृथक बनाएको छ। “गलतलाई गलत र सहीलाई सही भन्न कहिल्यै नडराउने” उनको अडिग स्वभाव नै उनको जीवनको मुख्य विशेषता हो।
पारिवारिक वा अन्य कुनै पनि सुविधाको भारीबिना पूर्णतया आफ्नै बलबुता, पसिना र इमानदारीको भरमा उनले यो स्थान हासिल गरेका हुन्। ब्यबसायमा होस् वा राजनीतिमा कसैको दबाब र प्रभाब सहन सक्दैनन्। समाजका तल्लो तहका भुइँमानिसको पीडा र मर्मलाई नजिकबाट बुझेका उनी, सफल व्यापारी बनिसक्दा पनि आफ्नो धरातल बिर्सिएका छैनन्। गरीब तथा न्यून अाय भएका मानिसको दुःखमा सधैँ साथ दिने गरेका छन्। बिरामीलाई रगत चाहिँदा राती ११ बजे पनि रेडक्रसमा गएर रक्तदान गर्ने गरेका छन्।बिरामीलाई अार्थिक सहयोग गर्न अस्पतालमा नै पुग्ने गरेका छन्।उनको यो स्वभाबले उनलाई व्यापारीभन्दा पनि एक समाजसेबी व्यक्तिको रूपमा परिचित गराएको छ।
व्यवसायीक यात्रामा अनेकौं उकाली-ओराली र आर्थिक चुनौतीहरू आए पनि उनको यो संघर्षशील जीवनयात्रा केवल व्यापारिक सफलतामा मात्र सीमित छैन। यो त ती तमाम युवाहरूका लागि गतिलो पाठ हो, जो शून्यबाट सुरु गरेर आफ्नो भाग्य आफैँ कोर्न चाहन्छन्।
शून्यबाट उठेका यी कर्मठ योद्धाको जीवनले यो प्रष्ट पार्छ कि दृढ इच्छाशक्ति, सही सोच, र इमानदारी भएमा जो कोही पनि साधारणबाट असाधारण बन्न सक्छ। २०७४ सालमा नेकपा एमालेको सदस्यता लिएर पदमा बसेर संगठन बिस्तार गर्दै गर्दा अाफ्नै नेता तथा कार्यकर्ताले असहयोग गर्नू।कसैको दबाब र प्रभाबमा बस्न नचाहनू र गरीबका पक्षमा पार्टीले समेत नबोलेका कारण पार्टीसँगको ९ बर्षको सहकार्य तोड्दै
उनले आज नेकपा एमालेबाट राजिनामा दिएको बताए।(कुराकानीमा अाधारित)














Leave a Reply