सल्लाघारीबाट १८५ एम्पुल लागूऔषधसहित दुई जना पक्राउ
भक्तपुर, साउन २१ — भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट प्रहरीले १८५ एम्पुल लागूऔषध, ३०० ग्राम गाँजा र नगद २९ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार साउन २० गते साँझ करिब ७ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ का २२ वर्षीय रितिक प्रजापति र काठमाडौं महानगरपालिका–२ (कीर्तिपुर) बस्ने २३ वर्षीय इल्सन महर्जन रहेका छन्।
प्रहरीले रितिक प्रजापतिको साथबाट डाइजोपाम ४२ एम्पुल, नुर्फिन ४२ एम्पुल र फेनेरागन ४३ एम्पुल बरामद गरेको जनाएको छ। त्यस्तै इल्सन महर्जनको साथबाट डाइजोपाम २१ एम्पुल, नुर्फिन १८ एम्पुल, फेनेरागन १९ एम्पुल, ३०० ग्राम गाँजा तथा नगद २९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। दुवैबाट बरामद भएका लागूऔषधको कुल संख्या १८५ एम्पुल रहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












Leave a Reply