सन्तानप्रतिको आमाबुबाको दायित्व

सागर गुरागाईं
पछिल्लो समयमा केटाकेटीहरु मोबाइल र टेलिभिजनमा भुलिएर गृहकार्य नलेख्ने, नपढ्ने अनि अभिभावकले भनेको नसुन्ने र नटेर्ने समस्या बढ्दो छ । प्रायः अभिभावकहरुको साझा समस्या बनेको मोबाइल, टिभी र ल्यापटप विज्ञानको वरदान भएतापति कयौं अभिभावकले अहिले आएर अभिशाप मान्न थालेका छन् । बच्चा जन्मेपछि सुरुमा ऊ आमाको दूध चुस्थ्यो । काखमै लुटपुटिन्थ्यो । उसका लागि सारा संसार त्यही काख थियो । अलि पछि लिटो खान थाल्यो । जाउलो पनि खायो । बच्चालाई सगै लिएर माइत जाने रहर थियो । त्यो पनि सबै आमाबुबाको कुरा हुदै गयो । बच्चा एक वर्षदेखि दई वर्ष सम्मको हुँदा सिंगारपटार गरेर बजार लानुभयो । बजारमा झुन्ड्याइएका वस्तुहरु ऊ चिन्दैनथ्यो । आमाबुबाले आफैं सोध्नुभएको होइन, कुन खाने नानी ? भनेर तपाईले उसलाई सोध्नुभयो । उसले जुन खानेकुरा देखायोे, त्यही किन्दिनुभयो । बजारमा प्राय खुला रुपमा राखिएका र बट्टा वा प्लाष्टिकमा आर्कषक चित्र सहित राखिएका खानेकुरा मात्र नभएर तिनीहरु केमिकलको बिउ पनि हुन् भन्ने तपाईलाई यादै भएन । पढ्न नजान्दा यत्ति पनि आउँदैन भन्नुभयो । अलि राम्रो लेख् भन्नुभयो । राम्रो कुन हो, सिकाउनुभएन । हिजोआज हामी अभिभावक एक दिन स्कुल छु¤ी हुँदा दिक्दार मान्छौं । परिवारसँग घुम्न जाँदा केटाकेटीलाई पनि सँगै लैजाऔं । घरमा पनि राम्ररी हेरविचार गरौं । बालबालिका हाम्रा रगत हुन । आफूसगै राखौं । स्कुलमा सर मिसलाई धेरै होमवर्क दिन नभनौं । घरमा ऊसँग प्रत्यक दिन स्कूलबाट आएपछि स्कूलको बारेमा कुरा गरौं । उनीहरुसँगै बसेर पढौ । ऊ सँगसँगै लागेर होमवर्क गरौं । उसले पढ्न नजान्दा निरुत्साहित होइन, प्रोत्साहित गरौं । उसले एउटा अक्षर लेख्न नजानेको हो । एउटा शब्द पढ्न नजानेको हो । पहाड खसेको होइन र धेरैजसो अलिअलि लेख्न पढ्न नजान्दा उसलाई अरु सँग तुलना गरेर गाली नगरौं ।
पहिले उसलाई संस्कार सिकाऔं । संस्कार भनेको बानी हो । बानी उसले हामीबाट सिक्छ । शिक्षा भनेकै बानी हो । बानीहरुको बिकास असल बानीहरुको निर्माण हो । पढेका केटाकेटी सबैका हुन्छन् तर सबैको असल बानी हुँदैन । असल बानीमा अभ्यस्त भइसकेपछि पढ्नु ठूलो कुरा होइन । दबाब भए हाम्रो छेउमा पढेजस्तो गर्छ । उसको मन त्यहाँ हुँदैन । हामी उसको तनलाई नियन्त्रण गर्न सकौंला । मन नियन्त्रण गर्न सक्दैनौं । तनलाई होइन, मनलाई जितौं । उसको चाहनासँग रमाऔं । स्कुल पठाउनु मात्रै हाम्रो दायित्व होइन । लुगा किन्दिनु र नुहाइदिनु मात्रै पनि दायित्व होइन । भनिन्छ मानिसको सिकाइ गर्भधान बाटै सुरु हुन्छ । पूर्वीय दर्शनमा आमालाई पहिलो गुरु मानिएको छ । पहिलो पाठशाला घर हो । यसलाई पश्चिमी दर्शनले पनि स्वीकारेको छ । टेरेसालाई कुन उपाधिले सम्मान गरियो । बालकको भविष्य निर्माणमा आमाको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । उसलाई जन्माउनु, हुकार्उन र बढाउन आमाले सारै कष्ट सहनुभएको छ । ऊ जन्मनुअघि र जन्मेपछि तपाईले ठूलो सपना देख्नुभयो । बीच बाटामा अलमलिएको यात्री जता बाटो देखाइदियो त्यतै जान्छ । सामान्यतया सात वर्षसम्मको बालबालिकालाई सही र गलत बाटो नचिनेर अलमलिएको यात्री झै सम्झेर उसलाई असल बाटो र खराब बाटोको उदारहण दिनुपर्छ । तर अभिभावक आफै असल बाटोमा लाग्न सके मात्र उसले तपाईको अनुशरण गर्छ नत्र तपाईको अगाडी मात्र ठिक्क पार्छ अनि पछाडि सधै तपाईलाई दिक्क बनाउछ । त्यसैले एउटा भनाइ छ संसारलाई बदल्ने हो भने सुरु आपैmबाट गर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *