रविन्द्र प्रधानलाई DLA केन्द्रीय महासचिवमा अत्याधिक मतका साथ विजयी गराउन अपिल

भक्तपुर — नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) को निर्वाचनमा भक्तपुरका सक्रिय अधिवक्ता रविन्द्र प्रधान केन्द्रीय महासचिव पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ। कानुन व्यवसायसँगै सामाजिक सरोकार, न्याय र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएका प्रधानलाई महासचिव पदमा अत्याधिक मतका साथ निर्वाचित गराउनुपर्ने आवाज उहाँका समर्थक तथा शुभेच्छुकहरूले उठाएका छन्।

प्रधानले आफ्नो व्यावसायिक जीवनमा कानुनी क्षेत्रको विकाससँगै समाजमा देखिएका अन्याय, विभेद, भ्रष्टाचार तथा नागरिकका अधिकारसँग जोडिएका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको बताइन्छ। पीडित तथा कमजोर वर्गको पक्षमा आवाज उठाउने, न्याय र विधिको शासनलाई बलियो बनाउने तथा कानुन व्यवसायीहरूको हकहितका विषयमा निरन्तर पैरवी गर्ने उहाँको भूमिकालाई समर्थकहरूले महत्वपूर्ण योगदानका रूपमा लिएका छन्।

समाजमा समस्या देखिँदा त्यसलाई बेवास्ता नगरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आवश्यक परे सामाजिक संघर्षमा समेत सक्रिय रहने प्रधानको शैलीले उहाँलाई कानुन व्यवसायीमाझ फरक पहिचान बनाउन सहयोग गरेको समर्थकहरूको दाबी छ।

DLA जस्तो देशव्यापी कानुन व्यवसायीको संगठनको नेतृत्वमा अनुभवी, सक्रिय र सामाजिक सरोकारका विषयमा स्पष्ट धारणा राख्ने नेतृत्व आवश्यक रहेको भन्दै प्रधानलाई महासचिवमा निर्वाचित गराउनुपर्ने उनीहरूको भनाइ छ। संगठनलाई थप सशक्त, पारदर्शी र लोकतान्त्रिक बनाउँदै कानुन व्यवसायीको पेशागत सुरक्षा तथा सम्मान अभिवृद्धि गर्न प्रधानले प्रभावकारी भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।

निर्वाचनलाई केवल एउटा पदको प्रतिस्पर्धाका रूपमा नभई DLA को आगामी दिशा र नेतृत्व चयन �

Leave a Reply

Your email address will not be published. Required fields are marked *