वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य

मध्यपुर ठिमी भक्तपुर विद्यार्थीहरूलाई पढाइका साथसाथै खेलकुदका माध्यमबाट पनि उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले लागि परेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतनले यही २०८३ साउन २२ गते मूलपानी काठमाडौँ अवस्थित वान डे क्रिकेट एकेडेमीसँग वार्षिक क्रिकेट खेलकुद कार्यक्रम प्रशिक्षणका लागि सम्झौता गरेको छ। वान डे क्रिकेट एकेडेमी परिसरमा हरेक आइतबार इन्डोर र आउटडोर क्रिकेट प्रशिक्षण गरी विद्यार्थीहरुलाई क्रिकेट खेलमा पारङ्गत गराउने सो सम्झौताको उद्देश्य रहेको बताइएको छ। सम्झौता अनुसार विनायक शिक्षा निकेतन ठिमीमा अध्ययन गर्ने विद्यार्थीहरू हरेक आइतबार सो एकेडेमीमा प्रशिक्षण गर्नेछन् र प्रशिक्षणका क्रममा प्रयोग हुने सम्पूर्ण सामग्री क्रिकेट एकेडेमीले विद्यार्थीहरुलाई प्रदान गर्नेछ। सम्झौता पत्रमा हस्ताक्षर पश्चात् विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हाल विश्वका अधिकांश मानिसहरूका बीचमा लोकप्रिय हुँदै आएको क्रिकेट खेल लाई विकास गर्न र क्रिकेट प्रतिको विद्यार्थीहरूको रुचिलाई मध्यनजर गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्दै व्यावसायिकतातर्फ सम्पूर्ण विद्यार्थीहरू लम्कन सकुन् भनी शुभकामना दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *