पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण

शब्दयात्रा प्रकाशनले २०८३ सालको प्रथम चरणको पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम यही साउन १६ गते शनिबार आफ्नै सभाकक्ष बनेपामा सम्पन्न गरेको छ । प्रा. केदारनाथ श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशन, पुरस्कारको व्यवस्थापन, पुरस्कृत व्यक्तित्वको योगदान र सार्वजनिक गरिने पुस्तकका बारेमा जानकारी गराउनुभएको थियो भने डा. इन्द्ल केसीले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । केदारनाथ तिमल्सिनाको सभापतित्वमा कालिका त्रिपाठी पन्तले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले तथा सामग्रीको व्यवस्थापन अमृत अधिकारी र सङ्गीता केसीले गर्नुभएको थियो । स्वस्तिवाचन, राष्ट्रिय गान, संस्थागत गान र कार्यक्रम समापन गान समेत रहेको उक्त कार्यक्रममा पुरस्कारको प्रमाणपत्रको वाचन शिव बन्जाराले र कविता वाचन गोविन्दबहादुर खड्काले गर्नुभएको थियो भने कवि कृष्ण जोशी र समाजसेवी लीलाबहादुर केसीको तस्बिरमा पुष्पार्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *