भक्तपुर । नेपाल मजदुर किसान पार्टीविरुद्ध पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ (२०४५ भदौ ९ गते, कालो दिन) को विरोध तथा भर्त्सना कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ।
नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा भएको कार्यक्रममा २०४५ साल भदौ ९ गते नेमकिपाविरुद्ध रचिएको षड्यन्त्रको स्मरण गर्दै त्यसको विरोध तथा भर्त्सना गरिएको हो। भक्तपुर काण्डलाई नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको षड्यन्त्रका रूपमा कार्यक्रमका वक्ताहरूले चर्चा गरेका थिए।
कार्यक्रममा अतिथिहरूले भक्तपुर काण्डसम्बन्धी इतिहास, त्यसबेलाको राजनीतिक परिस्थिति तथा आन्दोलनका अनुभवबारे चर्चा गरेका थिए। नयाँ पुस्तालाई पनि इतिहासका यस्ता घटनाबारे जानकारी गराउनुपर्नेमा जोड दिइएको थियो।
सो अवसरमा भक्तपुर काण्डसँग सम्बन्धित प्रकाशन पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले उक्त प्रकाशन संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो।
भक्तपुर काण्डको विरोध तथा भर्त्सना कार्यक्रम प्रत्येक वर्ष भदौ ९ गते आसपास विभिन्न कार्यक्रम गरी स्मरण गर्ने गरिएको छ। नेपाल मजदुर किसान पार्टी तथा सम्बद्ध सङ्गठनहरूले २०४५ साल भदौ ९ गतेको घटनालाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै आएका छन्।












Leave a Reply