बाढीपीडितहरुलाई एभरेस्ट स्कुलको ९ लाख सहयोग

भक्तपुर । रसुवामा गएको वाढी पीडितको सहयोगको लागि भक्तपुरको विद्यालयबाट नौ लाख वढी आर्थिक सहयोग दिएको छ । जिल्लाको एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले संयुक्त रुपमा हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ राहत सहयोग गरेका छन् । एभरेस्ट इङ्लिस स्कुलबाट ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट २ लाख ८२ हजार २ सय ६० रुपैयाँ संकलन भएको जनाएको छ । दुवै विद्यालयको रकम जोड्दा कुल ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ पुगेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले दिनुभएको जानकारी अनुसार यसअघि स्कुललाई जिल्ला प्याव्सन भक्तपुरले सहयोगको लागि पत्र पठाएको थियो । पठाइएको पत्रअनुसार दुवै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलित रकम राहत तथा मानवीय सहयोगका लागि जिल्ला प्याव्सनको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खातामा जम्मा गरिएको अध्यक्ष कर्माचार्यले जानकारी गराउनुभयो ।
रकम बैंक खातामा जम्मा गरेपछि बैंक भौचरसमेत जिल्ला प्याव्सनको कार्यालयमा जानकारीका लागि पठाइएको विद्यालयले जनाएको छ । यो पत्रको व्यहोरा नगर शिक्षा भक्तपुर, केन्द्रिय प्याव्सन काठमाडौं र नगर प्याव्सन भक्तपुरलाई बोधार्थ पनि पठाइएको छ । एभरेस्ट इगलिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र एभरेस्ट भक्तपुर स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीद्धारा जारी संयक्त पत्रमा सामािजक उतरदायित्व अन्तर्गत उक्त सहयाग गरेको जनाउनुभएको छ । दुवै स्कुल हाल संयुक्त रुपमै भक्तपुर नगरपालिका वडा नं २ मिबाछेँ व्यासीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *