वागीश्वरी माविमा सञ्चालित टेक्स कार्यक्रम अन्तर्गतको प्री डिप्लोमा तह (सबओभरसियर) र डिप्लोमा तह (सब इन्जिनियर)का नव आगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो। वागीश्वरी माविको विद्यालय ब्यवस्थापन समितिमा का सदस्य एवम विद्यालयका पुर्व प्रधानध्यापक मोहनप्रसाद प्रजापतिको प्रमुख आतिथ्यतामा उकत कार्यक्रममा प्राविधिक विषयको तथा प्राविधिकहरुको महत्व हाम्रो जस्तो अर्धविकशित देशमा अझै बढी रहेको बताउनु भयो। CTEVT सिटिइभिटीको हरेक जिल्लामा एउटा प्राविधिक विद्यालय(टेक्स स्कुल) सञ्चालन गर्ने योजना अनुसार भक्तपुर जिल्लामा एउटै मात्र टेक्स स्कुलको रुपमा वागीश्वरी माविमा टेक्स कार्यक्रम सञ्चालन रहेको जानकारी दिनु भयो। नव आगन्तुक विद्यार्थीहरुलाई राम्रोसंग अध्ययन गर्न र देशको सेवाआ गर्न सुझाब दिंदै वागीश्वरी माविमा स्वागत तथा वागीश्वरी मावि छनौट गर्नु भएकोमा धन्यबाद दिनु भयो। उक्त कार्यक्रमका सभापति एवम् वागीश्वरी माविका प्र.अ. कृष्णप्रसाद कर्माचार्यले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अभियान अन्तर्गत कै यो प्राविधिक शिक्षा वागीश्वरी माविमा शुरु भएको बताउनु भयो।गुणस्तरिय शिक्षा त्यो पनि कम लागत र घर आगंनमै उपलब्ध गराउने उदेश्यले वागीश्वरी मावि अघि बढिरहेको र गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृतिको पनि ब्यवस्था रहेको जानकारी दिनुभयो। हाल बिहानी समयमा अध्यापन हुने उक्त टेक्स कार्यक्रमका नयाँ विद्यार्थीहरुलाई वागीश्वरी मावि का नियम तथा विद्यार्थीहरुले अपनाउनु पर्ने आचरसंयिताबारे जानकारी दिनु हुदै वागीश्वरी माविका सहायक प्र.अ. उकेश सुवाल र ज्ञानेन्द्र श्रेष्ठले स्वागत तथा शुभकामना ब्यक्त गर्नु भयो ! उक्त कार्यक्रम विद्यालयका पुर्व विद्यार्थीद्वय लुका राई र नीरज ह्योगजुले आआफ्नो अनुभब सुनाउनु हुदै आफुले शुरु गरेको पढाई समयमै सम्पन्न गर्न तथा कहिलै अल्छी नगर्न सुझाब दिनु भएको थियो !
नवआगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण सम्पन्न












Leave a Reply