यज्ञ कार्की
गुण्डु –७ भक्त्तपुर ।
जब समय दाैडीरहेकाे थियाे त्यतिखेर त्यतातर्फ तिमीले हेर्दै हेरेनाै । अब जब त्याे गइसकेकाे छ अनि भन्दछाै म भेटन चाहन्छु , तिमीलाइ थाहै छैन त्याे असंम्भव छ । मानाै जीवनमा एकपटक सबै मानिसलाई कुनै न कुनै दिन कुनै न कुनै समय पेट भरि रुन मनलाग्दछ त्यस्का बिबिध कारणहरु हुन सक्दछन ।
तपाईहरु न संझनुहाेला याे ईन्द्र जाली भाषा हाेला ? त्यस्ताे नठान्नु बेश , ठान्नै हुन्छ भने न पढनु बेस । किन पेट भरि रुन चाहन्छ त मानिस ? तर उ चाहे जति रुन पनि सक्दैन भने मानसिक बिकृतीमा त्यहिबाट जान सुरु गर्छ । हुनत त्याे पल कसैले रुनु पर्ने कारण के हाे ? त्याे कारण थाह पाएपछि मनग्गे रुन सक्नु पर्दछ । यसै कुराकाे याद यस्तै हाे भने जीवनकाे दुई बिन्दु रहेछन भन्नु हिचकिचाहउनुपर्दैन , न त मति भ्रमबिलास नै ,मान्नु पर्छ । पहिलाे बिन्दु राताे ( उज्यालो ) दाेश्राे कालाे ( अन्धकार ) यी दुई बिन्दुलाई दवाएर बिन्दुहिन बनाउने ती महर्षिजनहरुलाई मनैदेखि स्मरण राख्दै वहाँका याेगदानहरुलाई पनि हामी उज्यालै पक्षमा बढि स्मरण राख्दै
अध्याराे पक्षमा पुग्नलाग्दा फेरि झन अध्याराै भै मनलाई द्रुतगतिमा धकेल्दछाैउ , याे कसरी भनी प्रश्न उठनु पर्ने चेतनाकाे पहिलाे द्दार उघार्न खाेज्नु पर्दछ भनी मान्दा कसैकाे जीवनमा अहित नहाेला । जहाँ हामी उज्यालो पक्षमा रमेका थियाै त्यतिखेर हामीमा के के गुण बैगुणहरुले हामीलाई बेहाेशीमा रमाईरहने बनाईरहेकाे थियाे त ? फरक फरक मानीसहरुका फरक फरक गुण ,बैगुणहरुले उज्यालो बनाई दिएकाे थियाे हाेला , तर के जब कालाे पक्ष अध्याराेले घेरा हाल्याे र उज्यालाे हटदै गई समय भिडिकिई सकेकाे थियाे तब उसले झनै उज्यालोमा यी कार्महरुमा गति दिन सकेएन त ? उठदछ अन्तरमनमा प्रश्नकाे ओईराेहरु के का निमित्त उर्लिएका हुन ? हाे । जहाँबाट उज्यालोबाट उज्यालाे छरिएकाे थियाे जीवनमा त्यहिँ थिए कर्मका बिभिन्न पक्ष र सिद्धान्तहरु जहाँबाट सुरु गरीदा र अध्याराे पक्षसम्म आईपुग्दा उज्यालो बिलाउँदा , अध्याराेले शाम्राज्यकाे स्थापना सुरु गर्न खाेज्दा दुवै बिलिन हुन्थे किनकी उज्यालाेकाे अनुभुती अनुभूति बिलिन हुदा अन्धकारकाे अनुभुतीकाे अस्तित्वकाे अनुभुती हुनै सक्ने थिएन ,न शरीर भित्रकाे असुद्द मनले रुपकाे चहाना राख्दथ्याे ,न धनकाे न बैभवकाे तिब्र लालसाले चिन्तित तुल्याउदथ्याे न सुगन्धीत बस्तुकाे नाशिकाले प्राप्ति तर्फ प्रेरित गर्दथ्याे न स्पर्सकाे आनन्दले , न शब्दकाे कर्ण प्रीयताले मनमा हलचल मच्चाउदथ्याे । यी ज्वारभाटा कम हुँदै जहाँ निषेःश हुन्थे तब दाेश्रो बिन्दुले आफ्नाे प्रभाब जमाउनै सक्दैनथ्याे जब दुबै बिलिन हुन्थे तब शरीर ,मन र आत्मा मन ( तीनवटै शरीर ) स्वतन्त्र भै सुद्दरहन पुगि स्वतन्त्र रहेकाे आत्माले फेरि बन्धनकाे जालपासमा बेरिनु पर्ने नै थिएन , हुनत “ऋत सन्देश ” यसैकाे खातिर जन्मेकाे हाे तर पनि यस्काे अबराेधहरुले अबरुद्ध भएका कारण समयलाई मापन गर्न नभ्याउनुले पनि हाे कि ? हुन सक्दछ समयलाई यसले पछ्याउदा ईश्वरीय कृपा यसले पाँउदछ या पाँउदैन याे पनि यसैका प्रमुख संरक्षकमा सुम्पेकाे नै छु ,यस्तै लागि रहेछ याे उत्तरार्धमा यस्तै पाेख्त गरेँ भाब । समय नदाैडीयाेस मेरा लागि शुभका खातिर या अशुभका खातिर ,क्षमा प्रार्थी भन्दछु समयलाई पहिचान गर्न नभ्याउनेहरुका लागि पनि याे उपलब्धि मुलक बनाेस या शून्य भै भ्रम भाबमा जावस , सययमै निर्भर छ ।
अस्तु । २०८३/ ७/ १४ गते शनिवार ।












Leave a Reply