माटोमुनि पुरिएको लास निकालेको अनुभव

भक्तपुर । नेपाल स्काउट बागमती स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको आयोजनामा भोटेकोशीमा आएको बाढीका कारण दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली सभा सोमबार स्थानीय स्काउट कार्यालयमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल स्काउट बागमती स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाका सल्लाहकार रामगोपाल कर्माचार्यले कुनै पनि क्षेत्रमा हाम फाल्नुअघि त्यसबारे गहिरो अध्ययन गर्नुपर्ने बताउनुभयो। उहाँले ‘Learning by Doing’ अर्थात् गरेर सिक्ने अवधारणा भए पनि पौडी खेल्न नजान्नेले पानीमा हाम फाल्नु नहुने बताउँदै कुनै पनि काम गर्नुअघि आवश्यक ज्ञान र सीप हासिल गर्नुपर्नेमा जोड दिनुभयो। “कुनै काम भन्न सजिलो हुन्छ तर मिलाएर गर्न गाह्रो हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले कुनै पनि काम गर्दा सतर्क र सावधान भएर गर्नुपर्छ।”

स्थानीय स्काउट भक्तपुर नगरपालिकाका शैक्षिक पद्धति आयुक्त पवनकुमार बल्लले प्रकोपलाई कसैले रोक्न नसक्ने भएकाले त्यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालय–विद्यालयमा प्रकोप व्यवस्थापनसम्बन्धी शिक्षा दिनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यस्तै, स्थानीय स्काउट भक्तपुर नगरपालिकाका सामुदायिक विकास आयुक्त पुष्पा प्रजापतिले विपद् बाजा बजाएर नआउने भएकाले विपद् आउनुअघि नै त्यसको सामना गर्न आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *