भक्तपुर हिजो, आज र भोलिबारे गरियो अन्तरसंवाद

भक्तपुर । भक्तपुर हिजो, आज र भोलि विषयमा शुक्रबार भक्तपुरमा अन्तरसंवाद गरिएको छ । अन्तरसंवादमा भक्तपुरको इतिहास, कला तथा संस्कृतिबारे चर्चा गरिएको थियो । साथै इतिहास र संस्कृति सम्बन्धी छलफल पनि गरियो ।
रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भक्तपुर दरबार क्षेत्रमा सञ्चालित रोटरी पुस्तक प्रदर्शनी २०८३ अन्तर्गत दोश्रो दिन शुक्रबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा इतिहास एवं संस्कृतिविद् प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठ र युवा संस्कृति अध्येता रुकेश शिल्पकारले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक सम्पदाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । अन्तरसंवादमा भक्तपुरको मौलिक पहिचान, ऐतिहासिक सम्पदा, परम्परागत कला, मूर्तिकला तथा संस्कृतिको संरक्षण र पुस्तान्तरणका विषयमा छलफल गरिएको थियो ।
युवा इतिहास एवं संस्कृतिविद् सुजना प्रजापतिको सहजीकरणमा सम्पन्न कार्यक्रममा वक्ताहरूले भक्तपुरको इतिहास र संस्कृतिको महत्व नयाँ पुस्तासम्म पु¥याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । कार्यक्रम झण्डै डेढ घण्टा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *