भक्तपुरको आदर्श तरकारी बजारमा दुई समूहबीच ग्याङ फाइट, दुई जना पक्राउ
भक्तपुर — भक्तपुरको आदर्श तरकारी बजारमा शुक्रबार बिहान दुई समूहबीच ग्याङ फाइट भएको छ । बिहान करिब साढे ९ बजेदेखि १० बजेसम्म भएको झडपमा दुवै पक्षका दर्जनौँ व्यक्ति सहभागी भएका थिए ।
बताइए अनुसार झडपको कारण तरकारी बजारभित्र रहेको डीआरपी खाजा घर हो । खाजा घरमा चाउमिन खाएको विषयलाई लिएर उत्पन्न विवाद झगडाको कारण रहेको छ । बताइए अनुसार हिजो बिहीबार खाजा घरमा चाउमिन खाएपछि त्यसको गुणस्तरलाई लिएर विवाद भएको थियो । चाउमिन फोहोर भएको भन्दै पैसा नतिर्ने ग्राहकले बताएका थिए । ग्राहकलाई अन्ततः पैसा तिर्न लगाएपछि उनले पैसा फालेर हिडेका थिए । उनी ’भोलि हेरौँला’ भन्दै त्यहाँबाट गएको बताइएको छ ।
सोही विवादलाई लिएर शुक्रबार बिहान ती व्यक्ति बाहिरका केही मानिस लिएर बजारमा आएका थिए । पछि दुई पक्षबीच भनाभन हुँदै झडप भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । झडपमा दुवै पक्षका दर्जनौँ व्यक्ति सहभागी भएका थिए ।
झडप सुरु भएको करिब आधा घण्टापछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यसपछि दुई जनालाई नियन्त्रणमा लिएर लगेको थियो । घटनाका क्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ पनि घटनास्थलमा देखिएका थिए । तर उनी व्यक्तिगत कारणले त्यहाँं पुगेको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसकारण भएको थियो आदर्श तरकारी बजारमा झडप









Leave a Reply