रसुवामा आएको बाढी प्रभावित महिला तथा बालिकाहरूको सहयोगार्थ ‘वुमन रन फर वुमन’ दौड भक्तपुरमा सम्पन्न भएको छ । आज विहान खरिपाटी स्थित मोन्ताना प्लान्ट स्टुडियोबाट मुहानपोखरीसम्म ७ किलोमिटरको विशेष दौड सम्पन्न भएको हो । सो दौड मार्फत गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको विनाशकारी बाढीले विस्थापित भएका महिला तथा बालिकाहरुलाई लक्षित गरि राहत स्वरुप भित्री वस्त्र सङकलन गरिएको स्टुडियोकि संचालक एवं दौड कार्यक्रम संयोजक मतिना त्वानाबासुले बताउनुभयो । महिलाहरुलाइ दौडमा सहभागी गराउनु चुनौतीपूर्ण रहेतापनि ३५ जनाले उत्साहपुर्वक सहभागी जनाएको बताउदै मुहानपोखरी पुगेर महिलाहरुलाइ १५ मिनेट शारीरिक कसरत जुम्बा समेत गराइएको उहाँले जानकारी दिनुभयो । दौड पछि सहभागी महिलाहरु र विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले कार्यक्रम स्थल प्लान्ट स्टुडियोमा बाढी पीडित महिलाहरु, किशोरीहरु र बालिकाहरुको लागि २ हजार ५ सयभन्दा बढी नयाँ भित्री वस्त्र प्रदान गरेको त्वानाबासुले बताउनुभयो । साथै सहभागीहरुबाट प्राप्त नगद सहयोगबाट अत्यावश्यक स्वास्थ्य तथा व्यक्तिगत सरसफाइका सामाग्रीहरू खरिद गरि पठाउने समेत जनाएको छ । सम्पूर्ण सहयोग तथा संकलित सामाग्रीहरू नेपाल स्काउटको सहकार्यमा बाढी प्रभावित क्षेत्रका महिला तथा उनीहरूका परिवारसम्म पुर्याइने आयोजकले जनाएको छ ।
भक्तपुरमा ‘वुमन रन फर वुमन’ दौड सम्पन्न












Leave a Reply