भक्तपुर । भक्तपुरमा बडादसैँअन्तर्गत महाअष्टमीको अवसरमा परम्परागत निकुथुकु (निकु: ठू) जात्रा गरी तलेजु भवानीको मन्दिरमा बलि दिइने भएको छ।
महाअष्टमीका दिन यस वर्ष कार्तिक १ गते साँझ भक्तपुरको सानो ब्यासीबाट निकुथुकु जात्रा सुरु गरिनेछ। खँ मे जात्राको शैलीमा गरिने उक्त जात्रा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु मन्दिरको मूलचोकमा पुगेर सम्पन्न हुनेछ। त्यहाँ निकुथुकुलाई बलि दिई पूजा गर्ने परम्परा रहेको छ।
महाअष्टमीको राति करिब ११ देखि १२ बजेको समयमा तलेजु मन्दिरको मूलचोकमा निकुथुकुसहित २५ वटा राँगाको बलि दिई विधिपूर्वक पूजा गरिने परम्परा छ।
भक्तपुरको दसैँ पर्वमा तलेजु भवानीको पूजा, विभिन्न जात्रा तथा बलिसँग सम्बन्धित परम्पराले विशेष महत्त्व राख्दै आएका छन्। निकुथुकु जात्रा पनि भक्तपुरको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक महत्त्वपूर्ण अनुष्ठान हो।
भक्तपुरमा महाअष्टमीको राति निकुथुकुसहित २५ राँगाको बलि दिइने












Leave a Reply