भक्तपुरमा जुवा खेलिरहेका १४ जना पक्राउ

भक्तपुर । भक्तपुरमा जुवा खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ कात्तिक ९ गते १ बजे चाँगुनारायण नगरपालिका–४ हलचापस्थित एक स्थानमा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट तीन बुक तास र नगद दुई लाख ९० हजार ७० रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका १४ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट जुवा खेल्न नहुने कसुरमा म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपकुमार कार्कीले घटनाबारे जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *