भक्तपुरका जेन्जी आन्दोलनका शहीद पिताको दुःख

भक्तपुर । गत वर्षको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका २२ वर्षीय शहीद अबिषेक चौलागाईका पिता दिनेश नेपाल प्रहरीका जागिरे थिए । तर उनी अहिले त्यहाँं छैनन् । राजीनामा दिएर बसेका छन् ।
‘नेपाल प्रहरीले जुन दिन निर्दाेष मेरो छोरा अबिषेकलाई गोली हानेको थाहा पाएँ, त्यही दिनदेखि मैले प्रहरीको जागिर छोडिदिएँं, उनले प्रश्न गरे, ‘निर्दाेष मेरो छोरा मारिरहेको बेला म देशको सुरक्षाकर्मी अर्थात् नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थे र ? उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्युटीमा थिए ।
पिता दिनेशका अनुसार त्यो दिन होटेलको काम सकेर घर जान हिडेका २१ वर्षीय अभिषेक होटलमा बस्न मन नलागेपछि भक्तपुर सरस्वतीखेल जान भनेर हिडेका थियो । स्थायी घर दोलखा शैलुङ गाउँपालिका–४, सेरावेंशी भए पनि सात वर्षदेखि उनी सपरिवार भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ सरस्वतीखेल भक्तपुर बस्दै आएका थिए ।
छोराले फोन गरेर मलाई निन्द्रा लागेन बाबा म घरमै आउँछु भनेर फोन गरेका थिए–घटना भएको दिनको स्मरण गर्दै दिनेशले थपे, मैले आन्दोलन शान्त भएर अलि सहज भएपछि भित्री सडकबाट आउनु भनेँ तर मुख्य बाटो नै आएका रहेछन्, जे नहुनु थियो, त्यही भयो । छोराले घर हिडेँ भनेर दिउँसो २ बजेतिर फोन गरेका थिए, निकै बेरसम्म नआएपछि मैले फोन गरेको थिएँ, फोन लागेन’ घटना विवरण सम्झदै दिनेशले भने, छोरा घरमा नआएपछि होटलमा फोन गरेँ, होटलबाट सेफको सामान किन्न गएका छन्, चिन्ता गर्न पर्दैन भने, केही सन्तोष मिल्यो । त्यसपछि दिनेशले छोरालाई फेरि साँझ पटकपटक फोन गरे तर, सम्पर्क भएन । होटलमा बुझ्दा यहीँ छन् भनेपछि केही ढुक्क भएका थिए परिवार । मैले २५ गते बिहानै फोन गरेँ–लाग्दैन, फोन बन्द छ, होटलमा कुरा गर्दा यतै होलान् नआत्तिनुस् भन्थे–उनले भने, मन धेरै बैचनी भइसकेको थियो, छोराको खोजी गर्दा कहीँ फेला पर्दैनन् ।
अभिषेकका सपरिवार, आफन्त, साथीभाइहरुले खोजी गरिरहेका थिए । छोरालाई २४ गते गोली लागेको खबर आफूले पाएको उनले सम्झे । आफ्नो काम छोडेर छिटोछिटो बानेश्वरको सिभिल अस्पतालको बेडमा छोरालाई खोजेको थिए, बल्लतल्ल भेटाए तर शव मात्र, उनले सम्झे । भदौ २५ गते बेलुका ५ः३० बजे छोराको साथीले फोन गरिन्, अभिषेक बाइकमा हिडिरहेको बेलामा पछाडिबाट गोली लागेर सिभिल अस्पताल लगेको भिडियो देखेँ बुबा भनिन्, सुरुमा त पत्यारै लागेन–उनले भने, सुन्ने बित्तिकै सिभिल अस्तालमा पुग्यौँ, नभन्दै पछाडिबाट गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको रहेछ । यसरी कामको शिलशिलामा पुगेका आफनो निर्दाेष छोरामाथि गोली प्रहार भई मृत्यु भएकोमा उनी दुःख व्यक्त गर्छन् । यही कारण आफूले नेपाल प्रहरीको जागिर छोडेको उनी सुनाउँंछन् ।
भदौ २४ गतेका दिन शहिद भएका २२ वर्षिय अविषेक चौलागाईका बुबा दिनेश शहिद परिवारको संयुक्त १५ बुँदे माग छिटै सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन् । जेनजी आन्दोलनमा ७६ जना शहिदमध्ये ४५ जनालाई राज्यले राजपत्रमा शहिद घोषणा गरेको, त्यसमध्ये आफनो छोरा पनि एक भएको उनले जनाए । राज्यले शहिद परिवारलाई अरु सुुविधा नदिए पनि शिक्षा, स्वास्थ्य र कानुन व्यवस्थापनको काम तीब्र गर्नुपर्ने उनले बताए । उनले २०८३ भदौ २३ र २४ गते ज्यान गुुमाएका शहिदलाई राज्यबाट उचित सम्बोधन गरिदिन अनुरोध पनि गरे । अहिलेको सरकार यही जेन्जीको रगतले त्यहाँंसम्म पुग्न सफल भएको हो, उनले भने, तर उही जेन्जीको मागको सुनुवाई सरकारले गरिरहेको छैन । वर्तमान सरकारप्रति उनको मिश्रित प्रतिक्रिया छ, सकारात्मक र नकारात्मक । सरकारले राम्रो काम पनि गरिरहेको तर जेन्जीको भाबना अनुसार गर्न नसकेको उनको विश्लेषण छ ।
शहीद अविषेक सुरक्षा अधिकारी (सुरक्षाकर्मी) दिनेश चौलागाई र रीता चौलागाईका एक्ला छोरा थिए । उनको एक बहिनी (दीक्षा) छने । अहिले घर परिवारमा उनीहरु तीन जना मात्रै छन् । एक्लो छोरा गुमेपछि अहिलेसम्म पनि त्यो घर रोएको देखिन्छ । घर एकतल्ले तीन ससाना कोठाको छ उनीहरुको । नेपालमा सुशासन र भ्रष्टाचार विरुद्ध भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका भक्तपुरका शहीद अविषेक जस्ताको सपना कहिले पूरा हुने हो प्रश्न छ परिवारको ।
व्यवस्थापन विषयमा स्नातक तहमा पढ्दै गरेका छोरा छैन भन्दा सपना जस्तो लाग्छ दिनेशलाई अहिलेसम्म पनि । जीवनको साहारा आफूसँग छैन । छोरोको अनुहार हेर्न सक्ने अवस्था पनि भएन । कलकलाउँदो छोरो अस्तायो । बुढेसकालको सहारा ढल्यो, असाध्यै पीडा हुन्छ, दुःख लाग्छ, मन बेचैन हुन्छ, घर हिडेको एउटा निर्दोष छोरालाई गोली लाग्यो–दिनेशले थपे, छोराको वियोगले आमा अहिलेसम्म आफूलाई राम्ररी सम्हाल्न सकेकी छैनन् ।
परिवारले जनाए अनुसार अभिषेकको बेलायत जाने तयारी भइरहेको थियो । सानैदेखि पढाइमा निकै राम्रो अनि सबैसँग मिल्ने र कसैलाई पनि दुःख पर्ने बित्तिकै सहयोग गरिहाल्ने बानी थियो उनको । सानैदेखि असाध्यै ज्ञानी, पढाइमा एकदम राम्रो थियो, सबैलाई सहयोग गर्ने भएकाले सबैको प्रिय थियो, परिवारका सदस्यहरु भन्छन्, गाउँटोलमा सबैलाई सहयोग गर्ने, कसैको दुःख देख्ने बित्तिकै सहयोग गर्थे, बेलायत गएर पैसा कमाउँदै बाबुआमालाई खुशी राख्छु भन्थे । छोराको विषयमा केही कुरा गन्रै हुँदैन रुवावासी चल्छ अहिले पनि घरमा ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा भक्तपुरमा अस्थायी घर भएका अबिषेक र योगेन्द्र न्यौपाने (रोशन) दुईजना शहीद भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *