थिमिमा शोक सभा तथा दीप प्रज्वलन

भाद्र २२ राष्ट्रिय शोक दिवस: रसुवा विपत्तिमा दिवंगत हुनुभएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण  गरिएको छ । आज १३औ दिन, रसुवामा आएको विनाशकारी बाढीमा परि अकल्पनीय रूपमा मृत्युु भएका मृतकहरूको स्मरण गर्दै  थिमिमा सोमबार शोक सभा तथा दीप प्रज्वलन गरिएको छ । बाढीमा परी ज्यान गुमाउनेहरू तथा बेपत्ताहरुको सम्झनामा मध्यपुर थिमीमा दीप प्रज्वलन गरिएको हो । ‘मध्यपुर क्रिएटिभ ग्रुप’ र ‘मध्यपुर थिमि या कला संस्कृति’को संयुक्त आयोजनामा मध्यपुर थिमीस्थित ऐतिहासिक दुई पोखरी प्राङ्गणमा श्रद्धाञ्जली सभा भएको आयोजक ग्रुपका सदस्य सुशन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले गत भदौ १० गते  रसुवा, भोटेकोसी, त्रिशुली, नुवाकोट लगायतका ठाँउमा प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएका दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेका थिए । सोमबार साझ ७:०० बजे आयोजित कार्यक्रममा मैनबत्ती बालेर विपत्तिको यस कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । भोटेकोसी बाढी तथा प्राकृतिक विपद्मा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएका व्यक्तिहरूको सकुशल फिर्तीको कामना पनि गरेको छ । श्रद्धाञ्जली सभामा स्थानीयवासी, युवा तथा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *