जेन्जी आन्दोलनमा भक्तपुरका कति जना शहीद भए ?

भक्तपुर । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा भक्तपुरमा अस्थायी घर भएका अबिषेक चौलागाई र योगेन्द्र न्यौपाने (रोशन) दुईजना शहीद भएका थिए । तर अहिले योगेन्द्रको परिवार भक्तपुर छैनन् । उनीहरु स्थायी बसोबास रहेको पुुर्खौली घर सिन्धुली पुगेका छन् ।
योगेन्द्रको सानीआमा पर्ने तारा रोक्काका अनुसार योगेन्द्रको सम्झनामा उनको बुवा युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपानेले सिन्धुलीको गोलन्जर गाउँपालिकामा छन् । शहिद योगेन्द्रको सम्झनामा १ रोपनी सरकारी जग्गामा स्मृति पार्क निर्माण गरेका छन् उनीहरुले त्यहाँं । यसको मंगलबार भदौै २३ गते उद्घाटन गरिने कार्यक्रम तय भएको सानीआमा ताराले सुनाइन् । शहीद योगेन्द्र घरको जेठो छोरा थिए । योगेन्द्रका पिता युवराज भने सरकारी शिक्षक हुन् ।
भदौ २२ गते सबैजना भदौ २३ गते हुने आन्दोलनमा जानुपर्छ, राजनैतिक बेथितिको हटाउनुपर्छ भनेर भनी गाउँंमा योगेन्द्र भनिरहेका थिए, शहीद योगेन्द्रका सानीआमा ताराले उबेलाको कुरा सम्झदै भनिन्, तर अहिले त्यही देशभक्त योगेन्द्र सम्झनामा मात्र बाँकी छ ।
योगेन्द्रलाई २३ गते दिउँसो १ बजे गोली लागेको खबर आफूहरुले थाहा पाएको उनले सुुनाइन् । हेर्न बानेश्वरको अस्पतालमा जाँदा छोरा वितिसकेको थियो, एकवर्षपछि पनि गहभरि आसु पार्दै उनले सुनाइन् । सानीआमा ताराका अनुसार योगेन्द्र अधिकृत तहको लोकसेवाको तयारी गरिरहेका थिए । हामीले हाम्रो छोरा गुुमायौं अब फेरी कसैको पनि कोख रितिने यस्तो नहोस्, सानीआमा रोक्का कामना गर्छिन् । उनले सरकारले शहिद परिवारलाई गरेको बाचा नभुुल्न पनि सरकारको ध्यानाकर्षण गराए ।
(तस्वीर भक्तपुरबाट शहीद भएका योगेन्द्र न्यौपाने (रोशन)की सानीआमा तारा रोक्काको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *