भक्तपुर, भदौ २३ गते । नेपालमा भूकम्पको जोखिम, प्रभाव तथा विपद् व्यवस्थापनका विभिन्न आयामबारे जानकारी गराउने उद्देश्यले भक्तपुरमा जानकारीमूलक कार्यक्रम आयोजना गरिएको छ। ‘मजदुर’ दैनिकको आयोजनामा आज ख्वप इन्जिनियरिङ कलेज, लिबाली–८, भक्तपुरमा ‘नेपालमा भूकम्पका आयामहरू’ विषयक जानकारीमूलक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा भूकम्पसँग सम्बन्धित विविध विषयमा विज्ञ तथा सरोकारवालाले प्रस्तुति छ। कार्यक्रममा पेरिस सम्झौतासँग सम्बन्धित जानकारी विषयमा योगेन्द्रमान बिजुक्छेले, त्यसैगरी ‘भोलि धेरै ढिलो हुनेछ’ शीर्षकको फिडेल क्यास्ट्रोको आलेख वाचन सुरेश परियारले गर्नेछन्।
कार्यक्रममा क्योटो सम्झौतासम्बन्धी लेख वाचन सुजी ह्योजूले गर्ने तथा ख्वप कलेज अफ लकी प्राध्यापक सुलभ जंग रायमाझीले अन्तर्राष्ट्रिय कानुन अभिज्ञता तथा जलवायु परिवर्तनसम्बन्धी कानुनी जटिलता विषयमा प्रस्तुति छ।
यसैगरी भूगर्भविद् डा. सुवेगमान बिजुक्छे र जलस्रोतविद् सुनिल दुवालले पनि सम्बन्धित विषयमा प्रस्तुति दिको छ।
कार्यक्रमको उद्घाटन इन्जिनियर रत्न शोभा प्रजापतिले गर्ने तथा कार्यक्रममा सहभागीहरूले एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत राखिएको छ। कार्यक्रमको सभापतित्व ‘मजदुर’ दैनिकका सम्पादक/प्रकाशक उद्धव सुजुखुले गर्ने छन्।
नेपाल भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील मुलुक भएकाले भूकम्पीय जोखिम न्यूनीकरण, सुरक्षित संरचना निर्माण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका विषयमा आम नागरिकमा वैज्ञानिक जानकारी र सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने आयोजकको भनाइ छ।












Leave a Reply