गोमारीमा तःमुंज्याको सचिवालय उदघाटन

भक्तपुर, १४ भदौं
भक्तपुर नगरपालिका वडा नं ७ गोमारीमा ४६ औं नेपाल भाषा साहित्य तःमुज्या (बृहत साहित्य सम्मेलन) को सचिवालय उद्घाटन गरिएको छ । आइतबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रिय सचिव प्रेम सुवालले रिबन काटेर सचिवालयलको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा सचिव सुवालले नेपालभाषा साहित्यलाई जिवन्त राख्न र नयाँ पुस्तालाई नेपालभाषाको महत्व बुझाउनको लागि हरेका वर्ष तःमुज्या गर्दै आएको बताउनुुभयो । नेपालभाषालाई बोलीचालीमा मात्र नभई लिपिबद् गर्नुपर्ने र नयाँ पु्स्तालाई नेपालभाषा सिकाउनु अभिभावकको जिम्मेवारी रहेको उहाँले बताउनुुभयो । फरक प्रसंगमा भदौं १० गते रसुवामा गएको विनाशकारी बाढी जलबायु परिवर्तन वा हिमताल भुुटेर आएको हुनसक्ने उहाँ बताउनुुहुन्छ ।
बाग्मती प्रदेशका सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेपालभाषाका साथसाथै विविध भाषामा जनताका साहित्य रचना गर्न आवश्यक भएको चर्चा गर्नुभयो । साथै रसुवाको विनाकारी बाढीमा सबैजना एकजुट भएर सहयोग गर्नुपर्ने उहाँले बताउनुुभयो । उहाँले तल्लो तहका जनताबिच नपुगी वास्तविक जनपक्षीय साहित्य लेख्न सम्भव नहुने बताउँदै छलफल तथा अध्ययन–अन्तरक्रिया निरन्तर आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले यो वर्षको नेपाल भाषा साहित्य तःमुज्या २०८३ कार्तिक ६ र ७ गते गोल्मढीको याता टोलमा हुने
बताउनुभयो । सबैभन्दा पहिलोपल्ट यही वडाबाट तः मुज्या सुरु भएको उहाँले बताउनुभयो । वडामा हालसम्म ६ चोटी तः मुज्या भइसकेको उहाँले बताउनुभयो ।
तःमुंज्यालाई सफलतापूर्वक सम्पन्न गर्न उकेश कवाकैं अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ । यस अन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् । सल्लाहकार उपसमिति, सचिवालय, साहित्य, सांस्कृतिक, आर्थिक, प्रचारप्रसार, महिला, मञ्च व्यवस्थापन, स्वयमसेवक, विशेष अतिथि सत्कार, अतिथि सत्कार तथा जलपान, फोटोग्राफर, प्राथमिक उपचार, सरसफाई उपसमितिहरु गरी कुल गरी १५ वटा समिति गठन गरिएको कार्यक्रममा बताइयो । दुई दिन भव्य रुपमा हुने तःमुंज्यामा साहित्य गोष्ठी, नाटक, सांस्कृतिक कार्यक्रम हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *