जगातीस्थित क्लब बागमतीमा शनिबार फिल्म प्रदर्शन हुँदै
भक्तपुर । भक्तपुरको जगातीस्थित क्लब बागमतीमा आउँदो शनिबार ‘इन्दिरा धिमे मैचा’ प्रदर्शन हुने भएको छ।एक दिनमै चार वटा शोमार्फत फिल्म प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ।
फिल्मको पहिलो शो बिहान ८ः०० बजे, दोस्रो शो बिहान ११ः०० बजे, तेस्रो शो दिउँसो २ः०० बजे र चौथो तथा अन्तिम शो साँझ ५ः०० बजे सञ्चालन हुनेछ।
क्लब बागमतीमा विशेष प्रदर्शनका रूपमा आयोजना गरिएको उक्त फिल्म हेर्न दर्शकहरूलाई आमन्त्रण गरिएको छ। फिल्मले नेपाली कला, संस्कृति तथा मनोरञ्जनलाई समेटेको बताइएको छ।
आयोजकका अनुसार फिल्मको चारवटै शोका लागि दर्शकले समयअनुसार उपस्थित भई मनोरञ्जन लिन सक्नेछन्।












Leave a Reply