मुलुकको परराष्ट्र नीति र कुटनीतिक मर्यादालाई पूर्ण रूपमा वेवास्ता गर्दै लामो समयदेखि विभिन्न देशमा राजदूत पद रिक्त राख्नु वर्तमान सरकारको ठूलो असक्षमता हो। यस संवेदनशील विषयमा म नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । विभिन्न मुलुकहरूमा समयमै राजदूत नियुक्त नहुँदा मित्रराष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्धमा अनावश्यक चिसोपन आउने तथा अन्तरदेशीय सम्बन्धमा गहिरो दरार उत्पन्न हुने खतरा बढेको छ। विश्व मञ्चमा देशको प्रभावकारी उपस्थिति र प्रतिनिधित्व कमजोर हुँदा हाम्रा महत्त्वपूर्ण राष्ट्रिय एजेन्डा तथा कूटनीतिक लबिइङमा प्रतिकूल असर पुगेको महसुस भएको छ । राज्यको संवेदनशील अङ्ग र कुटनीतिक नियोगहरूलाई लामो समयसम्म नेतृत्वविहीन बनाउनुले वर्तमान सरकारको कार्यक्षमता र सुशासनप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। तसर्थ, मुलुकको राष्ट्रिय हित र दीर्घकालीन कूटनीतिक मर्यादालाई सर्वोपरी राख्दै यथाशीघ्र रिक्त रहेका विभिन्न देशका राजदूत पदहरूमा योग्य, सक्षम र व्यावसायिक व्यक्तिहरूको नियुक्ति गर्न नेपाल सरकार र रास्वपालाई पहलको निम्ति तत्काल गम्भीर ध्यानाकर्षण गराउदछु । जय नेपाल ।
विद्वान गुरुङ महासमिती सदस्य ,नेपाली काङ्ग्रेस निवर्तमान अध्यक्ष ,नेपाल तरुण दल












Leave a Reply