काठमाडौंमा सकियो भक्तपुर विकास सहयोग संघको साधारणसभा

काठमाडौं । भक्तपुर विकास सहयोग सङ्घको ३५ औँ स्थापना दिवस तथा ३२ औँ साधारण सभा काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा मृत्यु संस्कारको शुद्धीकरण कार्यमा निरन्तर योगदान दिने व्यक्ति भानुभक्त शिवाचार्य सम्मानित हुनुभएको छ । खोपृङ विशेष सम्मानबाट उहाँंसहित विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु हुने महानुभावहरूलाई पनि सम्मान प्रदान गरियो । सम्मानित हुने अन्य व्यक्तिहरूमाः डा. रविन्द्रभक्त तिमला (निर्वतमान निमित्त कार्यकारी निर्देशक शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र) सौभाग्य मल्ल (महानिर्देशक, पुरातत्व विभाग), नारायणमान बनमाला (वरिष्ठ सल्लाहकार, नवदुर्गा जात्रा व्यवस्थापन समिति), यश मुनकर्मी (युवा वास्तुकला÷पर्यटन तथा डिजिटल नक्शाङ्कर्ता) हुनुहुन्छ । उहाँंहरु सवैलाई कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सिमाविद एवम् नेपालको चुच्चे नक्शाका प्रवर्तक बुद्धिनारायण श्रेष्ठले गर्नुभएको हो ।
दिवस, साधारण सभाको अवसरमा खोपुङ बौद्धिक सम्पत्ति (२८औँ अङ्क) पनि सार्वजनिककरण गरियो । कार्यक्रममा प्रा. डा. सर्वज्ञभक्त मल्लले संघको भबन बनाउन जग्गाको लालपूर्जा हस्तान्तरण गर्नुभयो । भक्तपुरको आफनौ तीन आना क्षेत्रफलको जग्गा संघको भबन बनाउनका लागि उहाँंले दान दिनुभएको हो । आयोजक संघका सल्लाहकार प्रा. कोमलबदन मल्लको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आयोजक संघका अध्यक्ष राजुमृगेन्द्र जोशी, साधारणसभा संयोजक किरणराज सुवेदीलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न मिडियाका पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी मन्जित मल्लका बाल सिक्का संकलकद्धय सुपुत्रपुत्रीबाट खोपृंग मुठीदान आंशिक शैक्षिक सामग्री सहयोग पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *