भक्तपुर । ४६ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक सम्मेलनको प्रचारार्थ शनिबार भक्तपुरबाट साइकल रयाली सुरु भएको छ । तःमुंज्या व्यवस्थापन समितिको प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक बलराम गोसाईंका अनुसार रयाली भक्तपुर नगरपालिका ७ गोल्मढीबाट विहान सुरु भएको हो ।
¥याली गोल्मढीबाट भक्तपुरको इनाचो, सुकुलढोका, साकोठा, टौमढी, बङ्शगोपाल हुँदै मध्यपुर थिमिको निकोसेरा पुग्नेछ । त्यहाँंबाट राधेराधे, शंखधर चोक, ठिमी, बोडे र सानो ठिमी हुँदै काठमाडौँको पेप्सिकोला प्रवेश गर्नेछ । त्यसपछि गुह्येश्वरी, चाबहिल स्तूप, हाडीगाउँ, ठमेल, इन्द्रचोक, वसन्तपुर दरबार स्क्वायर, टेकु र त्रिपुरेश्वर हुँदै ललितपुरको पाटन ढोका पुग्नेछ । पाटन दरबार स्क्वायर र ग्वार्को ललितपुरबाट पुनः कोटेश्वर, लोकन्थली, कौशलटार, सल्लाघारी, ब्यासी, कमलविनायक, च्यामासिंह र दत्तात्रय हुँदै भक्तपुरको गोल्मढी पुगेर ¥याली साँझ समापन हुनेछ । उक्त ¥यालीमा उपत्यकाका विभिन्न क्षेत्रबाट करिब दुई सय जना साइकलयात्रीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । रयाली झण्डै ४० किलोमिटरको रहेको जनाइएको छ ।
उपत्यकाव्यापी वृहत साइकल ¥याली सुरु










Leave a Reply