भक्तपुर, भदौ १२ — भैरवनाथ जात्रा सहयोग समिति लाकुलाछें भक्तपुरले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार आजको भैलद्यो घुमाउने कार्यक्रममा टोलका १८ ताहासाँंहरु समावेश हुने भएका छन् । सवैभन्दा अगाडि भैलद्य र पछाडि अजिमा गरी कुल २० वटा साँंचाहरु रहने जनाएको छ । यस हिसावले ताहासाँंचाहरु मात्रै १८ वटा रहने छन् ।
भैलद्य आज ४ बजेबाट घुमाउन सुरु गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । भैलद्य प्रत्येक वर्ष जस्तै पोटरी स्वायर नजिककौ लाकुलाछें टोलबाट घुमाउन सुरु हुनेछ । त्यहाँं तःमारी हुँदै नगर परिक्रमा गराइने छ । यो क्रम राति अवेरसम्म चल्नेछ ।
समितिले आज सार्वजनिक गरेको सूचनामा मृत्यु भएका व्यक्तिहरूको नाम, ठेगाना, जन्ममिति तथा कैफियतसमेत उल्लेख गरिएको छ । भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजुले हस्ताक्षर गरेर सूचना सार्वजनिक गरेको हो ।
आज भैलद्यसँंग १८ तहासाँंहरु हुने












Leave a Reply