नारायणमान वनमाला
आज बुधबार भलभल अष्टमी । नेपालकै लामो जात्राको रुपमा संञ्चालन हुने संस्कृतिक नगर भक्तपुरको धरोहर जिवित रुपमा पुजिने नेपालको पहिचान । मानव समाजमा आधारीत श्री नवदुर्गा देवगन जात्रा अन्तिम दिनको रुपमा मानिन्छ । हरेक वर्ष जुनसुकै परिस्थितिमा पनि यो देवगन जात्रा निरन्तर रुपमा संञ्चालनमा मानव समाजको विकाससंगै मातृ स्ताब्धिको ईतिहास परम्परालाई दिशानिर्देश गर्ने उदेश्यमा रहेको संस्कृति मानिन्छ ।
यो जात्रामा मुकुन्दो लगाई बाजाको तालमा गीतको बोलसंगै ईतिहासिक नेवारी भाषामा परिवारिक भुमिका सहकार्य, नारी सुन्दरता, सर–सफाई, नारीक्रोध, मतिना नाच, दाम्पत्ते भूमिका, साकाहारी मांसाहारी पहिचान, बालपन ,चकचके भुमिका, खानाको परिकार, हरेक जिवन कार्य शैलिमा आधारित भएर नवदुर्गा देवगन उजाजु बनमालाहरुबाट प्रर्दशन हुने जात्रा हो । त्यसैगरी यसमा भक्तपुरमा मात्र माछा मार्ने (ङलाकेगु) जात्रा गर्छ भने यस जिल्ला बाहिर काठमाडौ, पशुपति, टोखा, चपजि, तुष्चा ,गोकर्ण, साखुमा जात्रा गर्छ भने मध्यपुर न.पा, चागुनारायण मन्दिर, काभ्रे जिल्लामाः सागा, नाला , धुलिखेल , श्रीखरापुर , चौकोछे वनेपा नगरपालिका र पनौती न.पामा जात्रा सम्पन्न गरिसकेको स्मरण गर्न चाहान्छु । जात्राकै क्रममा मानव समाजमा जन्म पश्चात मृत्यु हुने तथ्यलाई दिशाबोध गर्न श्रावन महिनाको दोस्रो हप्ता देखी नामाकरणबाट गतिविधि गर्दै वर्ष भरिमा आठ महिना मुकुण्डो सहित चार महिना मुकुण्डो विनाको जात्रा तिथि मिति अनुशार हुने गरिन्छ ।
भलभल अष्टमीको दिनमा विहानबाट नै यस वर्षको देवगण जात्रा अन्यस्थिति हुने ईतिहास किमदन्ती अनुशार देवगणहरुलाई आफ्नो जिम्मेवारी ग्रहण गरि ब्रम्हायणी, माहेश्वरी ,भद«काली तिन जना देवगण बाट मानव समाजमा मृत्यु पश्चात मसान३ा६मा दाउरा (गुसी) लग्ने परम्परा अनुशार देवगणहरुले पनि ब्रम्हायणी पिठ जहा देवगण विजया दशमीमा सृष्टि भएर आगमन हुने स्थानमा विधिगत रुपमा दाउरा गरिने गरिन्छ । त्यसै लगत्तै सम्पूर्ण देवगणहरु दिउसा देखि नै पोशाक पहेर गर्दै , सम्पूर्ण मुकुन्दोहरु मन्दिरको चोकमा नै विराजमान गर्दै अन्तिम नाच मंगल सि४ि नाच सम्पन्न गर्दै अन्तिम गंहिनाच समेत समापन गरिन्छ । साथै यस वर्षको पुजारी (नंकी) बाट अन्तिम पुजा समेत सम्पन्न गरिन्छ । पुजाकै क्रममा सम्पूर्ण देवगणलाई मूलपात्र चढाउदै ठूला –ठूला बारा , अण्डा बारा चढाउनुपर्ने अन्तिम रुपमा देवगणहरुलाई भोजन गराउनु पर्ने परम्परा रहेको छ । त्यसै लगत्तै ब्रमायणी देवगण बाट अन्तिम रुपमा देवगण परिवारलाई पंञ्चरंगि (पासु्का) वितरण गर्ने , गणेश देवगण बाट मोहनी टीका लगाउने जात्रा सम्पन्न गरिन्छ । अन्तमा देवगणहरु मन्दिरबाट बाहिर प्रस्थान गर्ने क्रममा क्रकश ः भैरव , काली , बाराहि गरी विलाप नाच प्रर्दशन गर्दे सम्पूर्ण देवगणहरु विदा दिई सम्पन्न नाच गरि मन्दिरबाट आगमन गरि नगर परिक्रमा गरिन्छ । साथै अन्तिम प्रसादको रुपमा भक्तजनहरुमा पंञ्च रंगि धागोमा पासु्का वितरण गरि पुन मन्दिरमा सधै जसो प्रवेश गर्न चाहाने भक्तजनहरु बाट ढोका बन्द गरि मन्दिर प्रवेश रोग गरिन्छ । पुन देवगण निरास भई मन्दिर बाहिर बाट गछे , चोफल , चोचा गर्द सूर्यमढी दवलीमा सम्पूर्ण देवगणहरु राखेर अन्तमा नांखी , बाजा बजाई मलामी सरह मध्य राति ब्रमायणी पिठमा पुगेर देवगण मुकुण्डोहरुलाई विधिगत पूजा सम्पन्न गरि बलिको रुपमा थुमा चढाएर देवगण बाट मुकुण्डोहरुलाई दागबत्ति दिएर जलाउने गरि मुकुन्डो अस्तिहरु खोलामा बगाएर जात्रा सम्पन्न गरिन्छ । अन्तमा यस संस्कृतिलाई संरक्षण गर्न सम्बन्धित निकायबबाट आवश्यक सहगोगको आशा एवंम विश्वास गर्न चाहान्छु ।
लेखक श्री नवदुर्गा देवग०ा जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको प्रमुख










