भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष महेन्द्र खायमली र नेप्स्कुनका प्रतिनिधि मन्दरा मिश्रले संयुक्त रुपमा द्धिप प्रज्वलित गरी उद्घाटन शनिवार संस्थाको भवन महेश्वरीमा गर्नुभयो ।
उक्त कार्यक्रममा वडाध्यक्ष महेन्द्र खायमलीले कोभिड १९का कारण सहकारीमा आर्थिक गतिविधि कम भएको बेला बैंकले पनि व्याज घटाएकोले सहकारी संस्थाको लगानी उत्पादन मुलक उद्योगमा क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयो । उहाँले सहकारी ऐनले सहकारी आफैंले लगानी गर्न नसक्ने बनाई दिएकोले सदस्यहरुले सामुहिक लगानी गर्न गा¥हो र अप्ठ्यारो भएकोले सहकारीले लगानी गर्न पाउने गरी सहकारी अभियान्ताहरुले आवाज उठाउनु पर्ने बताउनु भयो । उहाँले सहकारीले सानोतिनोमात्र कारोबार गर्न पाउने भएकोले पारिवारी सहकारी खोलेर निक्षेप संकलन गरी बढी व्याजमा ऋण दिने, ऋण उठाउन गुण्दा प्रयोग गर्ने, लगानी गरेको दुबे पारिवारी सहकारी भाग्ने गरी सहकारमा बिकृति बढेको उदाहरण ओरिण्टल सहकारी पनि रहेको बताउनुभयो । उहाँले सरकारले नियमन निकायबाट अनुगमन नगरे अहिले सहकारीको अनुमतिपत्र तीस, चालीस लाखमा किनबेच भइरहेकोले सहकारी मुल्य मान्यता र सिद्धान्तमा चल्नु पर्ने बताउनु भयो । उहाँले सबै कुरा राजनीतिले निर्धारित हुने भएकोले सहकारी गैर राजनीति भनेता पनि राजनीति ठिक नभएसम्म सहकारी आन्दोलन पनि अगाडि बढ्न नसक्ने बताउनु भयो । उहाँले राजनीति राम्रो नभएकोले देश माफियाहरुको चंगुलमा परेको बताउँदै दक्षिण एसियामा भ्रष्टाचारमा अग्र रहेको ट्रान्सपारेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाएकोले राजनीति इमान्दार, राम्रो र जनतालाई सूसुचित गर्ने हुनुपर्ने भएकोले नेपाल मजदुर किसान पार्टीको सही राजनीति बुझेर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यमा प्रथामिकता दिएको बताउँदै कोभिड कोषमा पैतालीस लाख रुपैंया संकलन भइसकेको हुनाले सहयोग गर्न अनुरोध गर्नु भयो । उहाँलेले सहकारीले समुदायसंग समन्वय गरेर सदस्यता बृद्धि, सिपमुलक तालिम, उत्पाददन मुलक लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेप्स्कुनका प्रतिनिधि मन्दरा मिश्रले विषम परिस्थितिमा राज्यले दिएको नियममा रही ६९ प्रतिशत उपस्थित गराई साधारण सभा दशैं चाँड जस्तै गर्ने कोभिडका कारण परिस्थितिले मानिसलाई जीउन सिकाउने भने जस्तै नेप्स्कुनले प्रविधिमैत्री बनाएकोले सहकारी अभियानमा जेसुकै समस्यापनि एकजुट भए रोग संग जीउन मानसिक रुपमा तयार हुने बताउनु भयो । उहाँले यस संस्थाको नारा तपाईंको समस्या समदर्शीको समाधान भने जस्तै नेप्स्कुनले सामना शक्ति विकास गर्न सहकार्य नारा राखेको बताउनुभयो । उहाँले ओरिन्टलले के कारणले जनतालाई आकर्षित गरी पैसा लुट्न सफल भएको तर्फ अध्ययन गर्नु पर्ने बताउँदै व्याजको आकर्षण एउटा रहेको बताउनु भयो । उहाँले सहकारीमा विकृति आएको बताउँदै गाउँघरमा सानो सहकारी अगाडि शहरका ठूला ठूला सहकारीहरु गाउँगाउँमा आई विना धितो बीस, तीस लाख रुपैंया ऋण दिई सदस्यता बनाउने गरेको तर्फ र्ईंगित गरी ऐनकानुन र नीति नियममा बसि सहकारी संचालन गर्नेहरुलाई समस्या देखिएको बताउनुभयो । उहाँले समाजवाद उन्मुख थलोको रुपमा सहकारी विकास गरी एक व्यक्ति एक सहकारी सम्भब नभएको बताउँदै त्यसको विरोध गरेको स्थिरिकरण कोष संचालन, विशिष्टकृत सहकारी संचालन, सहकारीलाई मल ल्याउन नदिने विरुद्ध सहकारी अभियान निरन्तर भई रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले कोभिडका कारण यो बर्ष साधारण सभा गर्न नपर्ने सुचना आएपनि ऐन संशोधन नहुँदा भौतिक दुरी कायम गरी साधारणसभा गर्नु पर्ने बाध्यात्म स्थिति रहेको बताउनु भयो । उहाँले कोभिडका कारण सहकारीले लगानी गर्ने, व्याज उठाउने लकडाउनले समस्या भएको बेला र बैंकहरुले आफ्नो निक्षेप समेत फिर्ता नगरेको अवस्थामा घरघरमा गएर सहकारीले बचत फिर्ता गरेकोले विपद्मा सहकारी साथी बनेको बताउनु भयो । उहाँले जिल्ला बचत तथा ऋण सहकारी संघले सुचना र तालिम, अभियान र अन्तर लगानीमा अभियान संचालन गरेको बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सभापतिको मन्तव्य राख्दै सहकारीको अर्थ सहकार्य हो भन्नुभयो । उहाँले सहकारीको परिकल्पना भनेको सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने र ध्येय सहकारी प्रति सकारात्मक परिवर्तन ल्याउनु हो । त्यसैले सहयोगी भावनाकासाथ अगाडि बढेर सदस्यहरुको हितलाई नै सर्वोपरि ठानी कार्य गर्नु सहकारीकर्र्मीको नैतिक दायित्व हो भन्नुभयो । उहाँले सहकारीलाई शुभलाभ र नाफाघाटाको रुपमा कार्य गर्नु अनुपयुक्त हुनेछ । त्यसैले यहाँ निर प्रेरक प्रसंग जोड्न चाहन्छु । एकजना सन्तका तपस्याले भगवान खुसी भई सन्त समक्ष प्रकट भई बरदानको लागि भने तर सन्तले स्वर्ग र नर्क बीच यति भिन्नता किन ? भनेर जिज्ञासा राखे । भगवानले नर्कमा देखाउन लग्यो । त्यहाँ सबैलाई लामो डाडु हातमा बाँधिराखेको थियो । त्यसले मुखसम्म ल्याएर खान सकेन त्यसैले सबै दुब्लो र सुकेनास थियो । तर स्वर्गमा लामो डाडुले एक अर्कालाई सहयोग गरी खुवाई रहेको थियो र स्वर्गमा सबै स्वस्थ र फुर्तिला थिए । यसले के पाठ सिकाउँछ भने स्वार्थ र आफू मात्र खान खोजेपछि नर्क बन्छ । सबैको हितमा काम गरे स्वर्ग बन्छ भन्नुभयो । उहाँले सहकारीको अर्थ पनि यहि हो भन्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका सहना पसखल, सदस्य आशराम सुवाल र रामकृष्ण मानन्धरले पनि बोल्नु भएको थियो भन्ने बन्द सत्रबाट संचालक समिति र लेखा समिति चयन गरेको थियो ।










