भक्तपुर घरेलु तथा साना उद्योग सघकोतर्फबाट बधाई

स्थानीय तहको निर्वाचन २०७९ मा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा प्रमुख पदमा बिजयी जिवन खत्री तथा उप प्रमुख पदमा बिजयी हुनु भएका रमश बुढाथोकीज्युलाई सघको तर्फबाट

बधाई

तथा सफलकार्य कालको शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रेम खर्बुजाले भक्तपुर घरेलु उद्योग सघको परिचय,सघले सदस्यहरूलाई पुर्याउन्दै आईरहेको सहकार्य लगायतको जानकारी दिन्दै आगामी बजेटमा लघु घरेलु तथा साना उद्योगलाई प्रवर्ध्दन गर्न चाँगुनारायण नगरपालिकाको निति तथा कार्यक्रममा प्रस्तुत गरिनु पर्ने बिषयबारे जानकारी गराईयो।सो अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग सघसग सहकार्य गरि अधि बढ्न ईच्छुक रहेको तथा भक्तपुर घरेलु तथा साना उद्योग संघसग सहकार्य गर्न मिल्ने कार्यक्रम पहिचान गरी आगामी प्रस्तुत गरिने नगरपालिकाको निति तथा कार्यक्रममा राख्न चाँगु नारायण नपाका प्रशासकीय अधिकृत श्री निला घिमिरेज्युलाई नगरप्रमुख जिवन खत्रीज्यूले अनुरोध गर्नु भयो ।साथै नगर उप प्रमुख रमेश बुढाथीकीज्यूले चाँगुनारायण नपाको स्थानीय उत्पादन र सीपलाई उपयोग गर्ने लघु घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन आफु सधै तत्पर रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा सघ निवर्तमान अध्यक्ष श्री विरेन्द्र जतिज्यूले देशको कुल ग्राहस्थ उत्पादनमा घरेलु तथा साना उद्योगको योगदानबारे जानकारी गरउँदै चाँगु नारायणको सबै वडामा सम्बन्धित जात्रा पर्व तथा मेलाको अवसर पारेर चाँगुनारायण भित्र उत्पादन गरीने बस्तुलाई प्रवर्द्धन तथा बजारीकरणको लागि प्रदर्शनी गर्न बजेटको व्यवस्था गरीदिन अनुरोध गर्दै चाँगुनारायण नगरपालिका भित्र संचालित तर नगरपालिकामा दर्ता नभएको उद्योग व्यवशायलाई करको दायरमा ल्याउन लिगल क्याम्प गर्नको लागि संघ सधै सहकार्य गर्न ईच्छुक रहेको जानकारी गराउनु भयो ।

बधाई

तथा शुभकामना कार्यक्रममा सघको तर्फबाट पदाधिकारी सदस्य तथा महिला उद्यमी समितिका पपदाधिकारी सदस्यहरूको पनि सहभागिता रहेको थियो।