ललितपुर । ललितपुरमा रातो च्याउ (गानोडर्मा) को लन्च गरिएको छ । ललितपुरको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञामा प्रतिष्ठान (नास्ट) मा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवले शुक्रबार लन्च गरेकी हुन् ।
शिक्षा राज्यमन्त्रीले गानोडर्माको लन्च गर्न पाएको खुसी व्यक्त गरिन् । उनले व्यवस्थित उत्पादनतर्फ देश लाग्नु र त्यसको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । त्यस्तै कार्यक्रममा नास्तका विशिष्ट बैज्ञानिक जयकान्त राठतले रातो च्याउ जडिबुटीको राजा भनेर चिनिने बताए । उनले यो जंगलमा पाइने र पछिल्लो दुइ दशकदेखि भने अलिअलि उत्पादन गर्न थालेको जानकारी गराए । साथै उनले यसको उत्पादन र खपत धेरै चीनमा नै हुने गरेको जनाए । अहिले भने नेपालमा नै पनि यसको उत्पादन बढ्दै गएको उनले जानकारी गराए ।
कार्यक्रममा मसरुम सीड नेपाल एण्ड रिर्सच सेन्टर प्रा.लि का अध्यक्ष आकाश बाडेले बाहिर जाने रकम देशमा नै उपयोग होस् भनेर गानोडर्मा उत्पादन सुरु गरेको बताए । उनले रातो च्याउलाई सुकाएर धुलो बनाएर गानोडर्मा उत्पादन भएको बताए । यो च्याउ दैनिक खानको लागि नभई औषधीको रुपमा प्रयोग हुर्दै आएको उनले बताए ।










