काठमाडौं । राजधानीमा टेकुमा रोडमा हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको सयुक्त सहकार्यमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नयाँ शोरुमको सञ्चालनसंगै नेपालमा पहिलो पटक इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरु एउटै छानामुनि पाउने अवसर प्राप्त हुने जानकारी दिदै हाम्रो निर्माण सेवाको सेल्स डिपामेन्ट अफिसर रवि विष्टले समाग्री खरिदका लागि अनलाइन सेवा समेत सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।









