भक्तपुर । भक्तपुरको सहकारीमा पनि मोबाइल बैंकिङ सेवा सुरु हुने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ३ घलाते चोकमा रहेको प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एम बैकिङ अर्थात मोबाइल बैकिङ सेवा सुरु गर्न लागिएको हो ।
प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक विकास अवालले सहकारीमा आवद्ध शेयर सदस्य तथा बचत सदस्यहरुको सुविधाको लागि एम बैकिङ एप्स् लन्च गर्न लागेको बताए । संचालक अवालले यही माघ १ गते एम बैकिङ एप्स् लन्च हुने जानकारी गराए ।
उनले यस एप्स्बाट सबै सुविधाहरु हुने बताए । जस्तै रकम ट्न्सफर गर्न, रिचार्ज गर्न, विजुली बत्ती इत्यादिको पैसा तिर्न, हवाई टिकट बुक गर्न मोबाइलबाट नै गर्न मिल्ने उनले सुनाए । इ सेवामा भएका सबै सेवासुविधाहरु यस एप्स्मा हुन्छ, उनले भने । यो एप्स्को सुविधा लिन चाहने सदस्यहरुका लागि एक वर्षको निःशुल्क प्रयोग गर्न दिने उनी बताउँछन् । साथै उनले यस्तो सुविधा भक्तपुरमा अहिलेसम्म कुनै पनि सहकारीमा नभएको दावी गरे ।
प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०६६ सालमा भएको थियो । यहाँ ३ सय ६५ दिन नै कार्यालय खुल्ला हुन्छ ।










