भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा मृत अवस्थमा भेटिएका पुरुषको हत्या भएको हो वा आत्महत्या अहिलेसम्म स्पष्ट नभएको प्रहरीले जनाएको छ । एकिन नामथर वतन नखुलेको पुरुष ब्यक्ति जंगलमा मृत अवस्थामा भेटाइएको थियो ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि. पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोली घटनास्थलमा पुगी हेर्दा हरियो ज्याकेट, सुन्तला रंगको हापप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाईन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा रहेको साथै हागो भाँच्चिएर भुईमा झरेको प्रहरीले भेटाएको थियो । अन्दाजी ५÷७ दिन अगाडी झुण्डी मृत्यु भएको सड्न गल्न थालेको दुर्गन्धित अवस्थामा नामथर वतन नखुलेको अन्दाजी ४०।४२ बर्षको जस्तो देखिने पुरुष व्यक्तिको लाश रहेको देखिन आएको हुँदा घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का कार्य सम्पन्न पश्चात लाश पोष्टमार्टमका लागी के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । साथै, माथि उल्लेखित हुलिया भएको मृतकको आफन्तजनहरु हालसम्म पनि सम्पर्कमा नआएकोले कोही कसैले चिन्नु भएमा तुरुन्त यस कार्यालयको मोवाइल नं. ९८५१२८३०२०, फोन नं. ०१–६६१४७०८ मा सम्पर्क गरी प्रहरी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन प्रहरीले अनुरोध गरेको छ ।










