कमलविनायक मुलढोकामा सहकारी संस्था अनुगमन

भक्तपुरमा सहकारी संस्थाहरु अनुगमन गरिएका छन। भक्तपुर नगरपालिकाको सहकारी संस्था अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाको संयोजकत्वमा कमलबिनायक मुलढोकामा रहेको सहकारी संस्थाहरुमा सोमबार अनुगमन गरिएको हो।
उनले अनुगमनमा सहकारीको प्रदेश ऐन अनुसार स्थानीय सरकार स्वीकृति लिएर मात्र संचालन गर्न पाउने व्यवस्था भएपनि अधिकाशं सहकारीहरुले नगरपालिकाको स्वीकृति बिना संचालन गरिरहेको बताए।
साथै उनले नगर भित्रका नगरबासीहरुको रकम संकलन गरी आ–आफू मै सिमित गरी लगानी गर्ने गरेको पाइएको उनले बताए। लगानी डुबे नगरबासीहरुको पैसा समेत ओरेन्टल सकोसले जस्तै डुबाएर भाग्ने सम्भावना भएको बताउनुभयो । उहाँले नगरपालिकाको स्वीकृति बिना संचालन भएको यस्ता सहकारीहरु भागे नगरपालिकाले जिम्मेवारी लिन अप्ठ्यारो हुने भएकोले नगरपालिकाको स्वीकृति बिना संचालित सहकारीमा रकम जम्मा नगर्न समेत अनुगरोध गर्नुभयो ।
अनुगमनमा शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लि. नगरपालिकाको स्वीकृति बिना वडामा व्यवसाय दर्ता गरी सहकारी विभागबाट ३५ जिल्लाको कार्यक्षेत्र स्विकृति लिई कोहलपुर घर भई हाल महाराजगञ्ज बसोबास गर्ने केदार नाथ शर्मा अध्यक्ष भई संचालन गरेको सहकारी २०७६ सालमा संकत उत्पन्न हुँदा कोरोनाको लकडाउनले मात्र बचेको र त्यसबाट शिक्षा लिई बचत र ऋणमा ब्याज दर घटाएको र २२ जना कर्मचारी रहेको शाखा प्रमुखले बताउनुभयो । यो सहकारीमा भक्तपुर नगरको छुट्टै सदस्य संख्या, कारोबारहरु देखाउन नसकेकोले नगरपालिकामा स्वीकृति लिई मासिक रुपमा रिपोर्ट नगरपालिकामा बुझाउन नगरपालिकामा उपस्थित हुन अनुगमन समितिले निर्देशन दियो ।
त्यस्तै अभियान कृषि सहकारी संस्था लि. नगरपालिकाको स्वीकृति बिना वडामा व्यवसाय दर्ता गरी केन्द्रीय अध्यक्ष मिन प्रसाद गैरे र संरक्षक बामदेब गौतम र शाखा अध्यक्ष एवम् व्यवस्थापक पूर्ण बहादुर कार्की भई संचालनमा रहेको कृषि सहकारी भएपनि बचत तथा ऋणको मात्र कारोबार गरेको देखियो भने कृषिको बारेमा भक्तपुरमा कुनै कार्यक्रम नै नभएको देखियो भने कृषि सहकारीले बचत तथा ऋणको कारोबार गर्न नपाउने सहकारी ऐनमा भएता पनि सहकारी मुल्य मान्यता विरुद्ध नगरबासीहरुको रकमा संकलन गरी लाने उद्देश्यले खोलेको देखिएको र १० जना कर्मचारीहरु र दैनिक संकलन कर्ता १० जना रहेको साथै सहकारीमा भक्तपुर नगरको छुट्टै सदस्य संख्या, कारोबारहरु देखाउन नसकेकोले नगरपालिकामा स्वीकृति लिई मासिक रुपमा रिपोर्ट नगरपालिकामा बुझाउन नगरपालिकामा उपस्थित हुन अनुगमन समितिले निर्देशन दियो ।्
त्यस्तै कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट को – अपरेटिभ लि. मुख्य कार्यालय जावलाखेलमा रहेको नियमित सदस्य नभएको दैनिक बचत कर्ता ३८० जना उक्त संस्था केन्द्रका अधयक्ष लिला बहादुर गुरुङ्ग ललितपुरका रहेको यो सहकारीमा भक्तपुर नगरको छुट्टै सदस्य संख्या, कारोबारहरु देखाउन नसकेकोले नगरपालिकामा स्वीकृति लिई मासिक रुपमा रिपोर्ट नगरपालिकामा बुझाउन नगरपालिकामा उपस्थित हुन अनुगमन समितिले निर्देशन दियो । त्यस्तै शुभज्योति बचत तथा ऋण सहकारी संस्था लि. तत्कालिन भक्तपुर डिभिजन सहकारमा दर्ता भई अध्यक्ष रबि खड्का र उपाध्यक्ष दामोदर दंगाल र कर्मचारी एवम् प्रबन्धक सरिता कर्मचारी रहेको भक्तपुर जिल्ला कार्य क्षेत्र रहेकोमा २००० जना सदस्यहरु रहेको उक्त सहकारी अनुगमनका क्रममा संचालक र ऋणको बैठक पुस्तिका देखाउन अनुरोध गर्दा नदेखाएकोले यो सहकारीमा भक्तपुर नगरको छुट्टै सदस्य संख्या, कारोबारहरु देखाउन नसकेकोले नगरपालिकामा स्वीकृति लिई मासिक रुपमा रिपोर्ट नगरपालिकामा बुझाउन नगरपालिकामा उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
सहकारी संस्था अनुगमनमा समिति सदस्य हरिरत्न गोर्खाली, श्याम मातां, रञ्जना त्वाती र भनपा सहकारी प्रमुख रेभिड कुस्मा र वडा निरिक्षक रामकृष्ण प्रजापतिको सहभागी रहेको थियो ।