कोरोनाका कारण लामो समय देखी हुन नसकेका महोत्सवका कार्यक्रम विस्तारै सुरु हुन थालेका छन । नेपाल सरकारले भीडभाड हुने कार्यक्रम नगर्न निर्देशनपछि रोकिएका महोत्सव तथा मेलाहरु हुन लागेका हुन ।
महोत्सवको बारेमा जानकारी दिन धुलिखेलमा आज आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष अष्ट श्रेष्ठ र उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश कक्षपतिले भुम्लु गाउँपालिका लगायत आपसपासका क्षेत्रको उत्थान तथा यस पालिका भित्र पाइने कृषिजन्य उत्पादन, वन पैदावर वस्तु, जडीबुटी , मौलिक रहनसहन, कला संस्कृति परम्परा लगायतको संरक्षण गर्न महोत्सव गर्न लागिएको जानकारी दिए । महोत्सवमा मुख्य दोलालघाटको माछाको प्रचारपसार गर्ने रहेको छ । महोत्सवमा ¥याफटिङ, टेन्ट क्याम्पिङ, मोटर बोर्ड लगायतका अकार्षण रहने छन ।










