काठमाडौं । चिनियाँहरुले सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकाहरुलाई खाद्य सामग्री र लत्ता कपडा प्रदान गरेको छ ।
एलिभिएसनका अनुसार अमरज्योति विद्यालय, सीताराम माध्यमिक विद्यालय,रत्नराज्य माध्यमिक विद्यालय र जनउद्धार माध्यमिक विद्यालयमा सो सामग्री प्रदान गरिएको थियो । सामग्री पाउनेहरुमा पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरु रहेका छन् । प्रति विद्यार्थी एक बोरा चामल, तीन किलो दाल, र तेल प्रदान गरिएको थियो ।
सीताराम विद्यालयमा आयोजित एक समारोहमा वाग्मती प्रदेशका सासंद केशव पोखरेल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर थापा लगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
यस अघि सो संस्थाले कोरोना भाइरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खाद्य सामग्री वितरण गरिएको थियो । स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्र्तगत हालसम्म १५ हजार बालबालिकाहरु लाभान्वित भइसकेका छन् ।
कोरोना भाईरस संक्रमणले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चीनका जनताहरुको तर्फबाट यथोचित सहयोग गर्दै आएको प्रतिनिधि जोउले बताउनुभयो ।










