निर्वाचितहरुलाई पद हस्तातरण

भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को अठारौं बार्षिक साधारण सभामा निर्वाचितहरुलाई पद हस्तातरण तथा ग्रहण कार्यक्रम एक समारोहबीच संस्थाको भवन महेश्वरीमा अध्यक्ष रामकृष्ण प्रजापतिले बैठक निर्णय पुस्तिका र चेक निर्वाचित अध्यक्ष रामकृष्ण मानन्धरलाईलाई हस्तातरण गरी शुक्रवार सम्पन्न भयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवम् प्रबन्ध निर्देशक हरिराम लवजूले नयाँ जोगिले खरानी बढी घस्छ भने झै चाप्लुसी भन्दा राम्रोसंग काम गर्नुपर्ने बताउनु भयो । उहाँले सहकारीमा व्यक्ति स्वार्थपूर्ति गर्ने विषय होइन बताउँदै जिम्मेवारी बहन गरी संस्थामा सेवाभावले कार्य गर्नुपर्ने र त्यसको मुल्याङ्कन हुन बताउनु भयो । उहाँले प्रगति कुरामा भन्दा कार्य परिणाममा देखिने गरी गर्नु पर्ने बताउँदै अधिकतम सूचना संकलन गरी सहकारी बारे ज्ञान राखे काम गर्न अझ सहज हुने बताउनुभयो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष रामकृष्ण प्रजापतिले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संचालक समिति, कर्मचारी र सम्पूर्ण धन्यवाद ज्ञापन गर्दै बैठकमा छलफल नगरीकन बाहिर कुरा काटेर हिड्ने गर्दा विगतमा समस्या देखिएकोले त्यसो अवको कार्यकालले नगर्न अनुरोध गर्नु भयो । उहाँले विगतको छलफल र प्रतिवद्धता अनुसार अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले बर्षिक नीति तथा कार्यक्रम र त्रिबर्षिय योजनाहरु सफलता पूर्वक सम्पन्न गर्न कोभिडको समयमा चुनौतिहरु रहेकोले सबै एकजुत भई संस्थाको हितमा दत्तचित भई काम गर्नुपर्ने बताउनुभयो । उहाँले सत्यतथ्य आधारमा बैठकमा कुरा राखी अगाडि बढ्नु पर्ने समेत बताउनुभयो ।
कार्यक्रममा निर्वाचित अध्यक्ष रामकृष्ण मानन्धर, लेखा समिति संयोजक कृष्णराम दुवाल, लक्ष्मी प्रसाद प्रजापति र आसराम सुवालले बोल्नु भएको थियो ।