ताथली बचतको १४ औं साधारणसभा सम्पन्न, लगानी रु. ५ करोड नाफा रु. साढे चार लाख

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ मा रहेको ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले उद्घाटन गरेको सो साधारण सभामा सहकारीले चालू आर्थिक वर्षमा साढे चार लाख रुपियाँ नाफा गरेको जनाएको छ ।
पुरुष ५ सय ४४, महिला ४५५ गरी कूल ९ सय ९९ र २ सय ६० कोपिला बचतकर्ता तथा ३ सय १ जना दैनिक बचतकर्ता रहेको सो सहकारीको साधारणसभाको अवसरमा वडाध्यक्ष त्यातले सहकारीले सामुहिक हितका लागि काम गर्नुपर्ने बताए ।
उनले सहकारीलाई नाफामुखी नभई सेवामुखी बनाउनु पर्ने आवश्यकता औंल्याउँदै सहकारी संस्थाले स्थानीय कृषिको प्रवद्र्धन र  सम्वद्र्धनका लागि काम गर्न जरुरी रहेको पनि बताए । उनले देशलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा उदाहरणीय काम गर्नुपर्ने उल्लेख गर्दै रासायनिक मलको बन्दोबस्त गरी कृषकलाई हौसला दिनुपर्नेमा जोड दिए ।
कोभिड १९ को सम्भावित जोखिमकलाई ख्याल गरी निश्चित व्यक्तिहरुको सहभागितामा सम्पन्न साधारण सभाका सभापति एवं संस्थाका अध्यक्ष एकबहादुर खत्रीले सहकारीले सामुहिक हितलाई ध्यानमा राखी सहकारी सुपथ पसल सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।
ताथलीमा रहेका सहकारीहरुमध्ये सदस्यहरुलाई रेमिट्यान्स सेवा दिन र मोबाइल बैंकिङ सुविधा दिने कामको सुरुवात गरेको सहकारीको सो साधारणसभाका अवसरमा संस्थाका उपाध्यक्ष सानुभाइ राउत, सचिव रमेश पण्डित, कोषाध्यक्ष श्रीकण्ठ खड्का र सदस्य सजन छुकांले संस्थाको नीति तथा कार्यक्रम विषयमा चर्चा गरेका थिए ।
सहकारीले गत वर्ष रु. ४ करोड २१ लाख २ हजार  कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७६÷७७ मा रु. ४ करोड ९७ लाख १७ हजार लगानी गरेको छ ।
सो सहकारीले मंसिर १४ देखि मंसिर २५ गतेसम्म कार्यालयमै उपस्थिति पुस्तिकामा हस्ताक्षर गराएर सहकारीका बारेमा सल्लाह, सुझाव र प्रतिक्रिया संकलन गरेको थियो ।