भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आइतबार स्थानीयले व्यवस्थापन कार्यालय घेराउ गरेका छन्। घेराउको साथसाथै व्यवस्थापन कार्यलय अगाडि स्थानीयले १३ वटा मागसमेतको नाराबाजी लगाइएको हो।
भक्तपुरको स्थानीय मौलिक साना तथा घरेलु उद्योग मात्रै सञ्चालन गर्ने उदेश्यले स्थापना गरिएको भक्तपुर औद्योगिक क्षेत्रमा क्षमता भन्दा बढी एवं स्वीकृतविनाका प्रदुर्षणयुक्त उद्योगहरु सञ्चालन भएकोले स्थानीयले विरोध गरेका हुन्। साथै विहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन नगरी रातीको समयमा समेत उद्योगहरु सञ्चालन गरी मानसिक रुपमा समेत तनाव सृजना गरेको स्थानीयको आरोप छ।
विहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन नगरी रातीको समयमा समेत उद्योगहरु सञ्चालन गरी स्थानीयबासीहरुलाई मानसिक रुपमा समेत तनाव सृजना गरेको स्थानीयको आरोप छ।
स्थानीयका १३ वटा मागहरु
घेराउमा रहेका समुदायले भक्तपुर औद्योगिक क्षेत्रलाई साना उद्योग क्षेत्र कायम गर, नेपाल सरकारको प्रतिबद्धता कार्यान्वयन गर, औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर, धुवाँ, रसायन प्रदुर्षण फाल्ने उद्योगहरु अबिलम्ब हताऊ, प्लाष्टिकजन्य उद्योगहरु बन्द गर, नियम बिपरित संचालित उद्योगहरु अबिलम्ब हटाऊ, भ्रष्ट अधिकारीहरुलाई कार्वाही गर, किसानको जग्गा किसानलाई नै फिर्ता गर, नियम बिपरीत उद्योग सञ्चालन गर्ने उद्योगीहरुलाई कार्बाही गर, धुँवा, धुलो फाल्न पाईन्दैन, जनता मार्न पाइदैन, मानव बस्ती बीच रहेका ध्वनी, धुँवा र रसायन प्रदुर्षण फाल्ने उद्योगहरु अबिलम्ब हटाउ, लगायतका नाराहरु लगाएका थिए










