देश बनाउने होड बाजीमा जो पनि मन्त्री बन्ने काँग्रेस, एमाले, माओवादीहरु एकै ड्याङको मुला जस्तो लाग्यो । शेर बहादुर देउवा–५ पल्ट, के.पी. वली–४ पल्ट, प्रचण्ड–३ पल्ट सबै प्रधानमन्त्री प्रायः बाहुन नै बाहुन हुन । देश बनाउने नाँउमा स्वार्थ नै स्वार्थमा लागे वहाँहरु रावण जस्तो भए । ३५ वर्ष राजनीति गरेपनि सिद्धान्त नभएको राजनीति नपुँशक जस्तो भयो । मनमा घाउँ नलागे सम्म कोहि पनि व्यक्ति रुदैनन् । आमा पनि रुदैन, छोरी ज्वाई पनि रुदैन, बुहारी पनि रुदैन । गरिवलाई हेर्ने होइन धनिहरुलाई मात्र हेर्ने नराम्रो प्रधानमन्त्रीको बानी । कहिल्यै भक्तपुर, कहिल्यै ललितपुर कागतीको गुण पनि थाहा छैन र सुन्तलाको गुण पनि थाहा छैन । एउटा घर बनाउन सिमेन्ट, बालुवा, ईट्टा, डण्डी, गिट्टी, पानीले एउटा घर बन्छ त्यस्तै परिवार पनि । यहाँ त भूगोल पनि थाहा छैन गुगल पनि थाहा छैन । संविधानमा समाजवाद नाम दस्तावेजमा छ त्यसै पञ्चशिलको सिद्धान्तको आधारित उल्लेख छ । नेपालको नागरिक भएर नागरिको अर्थ ठाती राखी नागरिक विद्येयक, एम.सि.सि. पास गर्छन । आफ्नै खुट्टामा आफैले बञ्चरोले हान्छ । नपुंशकको राजनीतिले गर्दा नेपाल नै रहने होकि नरहने हो । दोधारमा प¥यो त्यस्तै बालेन शाह प्रधानमन्त्रीको बोल्ने पनि ढङ्ग छैन, नेपालको रङ्ग पनि थाहा छैन । बेमौसमको बाजा बजायो र नेपालने भारतको भूमि धेरै ठाउँमा मिचेको प्याच बोल्दियो । देशको गरिममाय पदमा बसेर उच्चको व्यवहार गर्नुको सत्ता निच्चको व्यवहार ग¥यो । स्वयम् आफ्नो र ३ करोड जनताको खुट्टामा बञ्चरो हान्यो । यो कतिको न्यायोचित छ र जादुमय खेल होइन र ? त्यो भारत हो कि अमेरिकनको आश्वासन हो । नेपालको प्रधानमन्त्री हो कि फिलिमको हिरो जस्तो मलाई लाग्यो । सत्तामा नपुगे सम्म विदेशी सँग ऋण लिन नहुने भन्ने युवा युवती विदेशमा नपठाउने भन्ने सत्तामा पुगेपछि धानबारीको हरियो साँप जस्तो देखिने । यो गरिवलाई हेर्ने सरकार होइन, किसान र मजदुरको होइन यो त धनीमानीको सरकार हो । शोषकले जस्तो व्यवहार गर्छ । मजदुर र किसानलाई नहेर्ने सरकार हुनै सक्दैन । यो त पापी हो अव चिन्तन गरौँ । हाम्रो मन रत्न समान हो । सोचे जस्तो फल पाउँछ । नराम्रो सोच्यो भने नराम्रो फल पाउँछ । ग्यासको हाहाकार, मलको हाहाकार, सहकारी ठगको हाहाकार, गरिव देशमा दुई दिन विदाको हाहाकार, बाढि पहिरो भोटेकोशीको हाहाकार, २१% तलव वृद्धिको हाहाकार ।
साइली साइली ४० कटेसि रमाइला हाहाकार । अव के गर्ने आखाबाट आसु आउने होइन । अब कलियुग हो आखाँबाट आसु होइन रगत बग्छ । मैले बालेनको भूमिका खुट्टा देखि शिर सम्म हेरिसके आकासको फल आखाँ तरी मर भने जस्तो गरिवलाई नहेर्ने कस्तो सरकार ?
सूर्यविनायक न.पा. ८ जगाती सिपाडोल
तुल्सी नारायण लाखेमरु










Leave a Reply