भक्तपुर । नवलपरासीका एक बर्षको बच्चालाई ब्लड क्यान्सर भएप अहिले भक्तपुर क्यान्सर अस्पताल दुधपाटीमा उपचार गराउँदै छ । नवलपरासी चोरमारा वडा नं. ६ घर भएका २५ बर्षी सुदर्शन चापकोटा र २२ बर्षिय प्रिति चापकोटाका पहिलो सन्तान १ बर्षी साहील चापकोटालाई बिभिन्न थरीको उपचार पश्चात ब्लड क्यान्सर भएको पट्टा लागेपछि अहिले भक्तपुर क्यान्सर अस्पताल दुधपाटीमा आएर उपचार गरीरहेको छ ।
भक्तपुरकै एक संस्था नियोलार्ज श्रेष्ठ फाउण्डेशनले आर्थिक समस्या भएका बिरामीका परिवारलाई खाने बस्ने निशुल्क सुविधाका साथै त्यस्तै पर्यो भने नगद सहयोग पनि गरिरहेको छ । यस संस्थाले उपत्यका बाहिरबाट उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा आएका निम्न बर्गका तथा आर्थिक समस्या भएका बिरामीलाई सहयोग गर्दै आएको संस्थाका सदश्य बबिता श्रेष्ठले बताउनु भयो ।
कृषि बिकास बैंक दुधपाट्टि भक्तपुर शाखा खाता नं.०२१२२०१७८०८४५०१० नाम प्रिति कुमाल (बच्चाको आमा) संम्पर्क नं. ९८६७—१९८४१३










