भक्तपुर । भक्तपुरको सूर्यविनायकमा चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा शुभारम्भ गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बुधबार एक कार्यक्रमवीच संस्थाको उदघाटन गरे ।
कार्यक्रममा अध्यक्ष मानन्धरले विजनेश इज लाइफ (व्यापार नै जीवन) भन्दै व्यापार व्यवसायको महत्वबारे चर्चा गरे । उनले सवैले इमान्दारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताए ।
संस्था जिल्लाको सूर्यविनायका नगरपालिका वडा नं ६ सूर्यविनायक लक्ष्मी मार्केटभित्र रहेको छ । सूर्यविनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष आफनो वडामा मात्र ४४ वटा सहकारी संस्था रहेको जानकारी गराए । साथै नगरपालिकाभरिमा चार सय ४४ वटा सहकारी संस्थाहरु रहेको उनले जनाए ।
कर्यक्रममा संस्थाका अध्यक्ष गौतम सुजखू, सचिव तीर्थरत्न राजचल, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँं धौबञ्जा, भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले साना उद्योगी व्यापारीहरुलाई सहज कर्जा दिई सहयोग गर्न संस्था स्थापना गरेको बताए ।
संस्थामा हालसम्म एक हजार सदस्य रहेको कार्यक्रममा बताइयो । आगामी एक महिनाभित्र तीन हजार सदस्य पुयाउने योजना रहेको पनि सुनाइयो । संस्थालाई काठमाडौं उपत्यकामै नमूना बहुउद्देश्यीय सहकारी संस्थाको विकास विकास गर्ने योजना रहेको पनि बताइयो ।







