काठमाडौं । विनयजंग बस्नेतले आफू विरुद्ध अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सम्बोधन गर्दै पत्र लेखेकी छिन्।
आइतबार प्रहरीमा जाहेरी दिनुपहिले सपनाले गृहमन्त्री बादललाई भेट गरी शान्ति सुरक्षाका साथै न्याय दिन माग गरेकी हुन।
नेपाल मगर संघका अगुवा नेताहरुका साथमा गृहमन्त्री समक्ष पुगेकी सपनाले आफूलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएको बताएका छन्।
युटुबका भाइरलम्यान बस्नेतले सपनालाई सार्वजनिक रुपमै धम्की दिएपछि केही दिनअघि सपना निवेदन लिएर गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष पनि पुगेकी थिइन्। गृहमन्त्रीकै सुझावका आधारमा आज सपना जाहेरी लिएर काठमाडौं प्रहरीसमक्ष पुगेका हुन्।










