भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा उद्योग तथा बाणिज्य कार्यालय सुर्यविनायक ,भक्तपुरको सहकार्यमा संचालन भएको दुईदिने घरेलु उत्पादन प्रवर्ध्दन मेला सम्पन भएको छ । भक्तपर नगरपलिका वडा न २ स्थित नःपुखु परिसरमा भएको सो मेला विभिन्न घरेलु तथा साना उद्योगका ३८ वटा तथा नेवारी खाजा लगायत अन्य खाजाका परिकारका ५ वटा गरी जम्मा ४३ वटा स्थल रहेको सो मेलामा पहिलो र दोश्रो दिन गरी करिव ५० हजार अवलोकन कर्ताले अवलोकन गर्नुभएको थियो भने करिव ३० देखि ४० लाखको व्यापार भएको अनुमान गरिएको छ ।
लघु, घरेलु तथा साना उद्योगले पैसा खर्च गरी विज्ञापन गर्न नसक्ने तथा ठुल ठुला मेला महोत्सवमा सहभागी नहुन नसक्ने भएको कारण ती साना उद्यमी व्यवयासीहरुलाई प्रवर्ध्दन गर्ने उद्देश्यले यो मेलाको आयोजना गरेको हो ।संघले विगतमा पनि भक्तपुर घरेलु उत्पादन मेला, नेवारी सस्कृति तथा पर्यटन प्रवर्ध्दनका घरेलु उत्पादन मेला, कृषि ,पर्यटन र घरेलु मेला लगायत भक्तपुर महोत्सव तथा मध्यपुर महोत्सवमा पनि स साना उद्यमी व्यवशायीलाई प्रवर्ध्दन गर्न यस्ता मेलाको सफलतापूर्क आयोजना गरिसकेको छ ।
बागमति प्रदेशका सभासद माननीय सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा भएको घरेलु उत्पादन प्रवर्ध्दन मेलाको समापन कार्यक्रममा देशको अर्थतन्त्रको मेरुदण्दको रुपमा रहेको घरेलु उद्योग अर्थतन्त्र सगँ, यहाँको सस्कृति ,रितीरिवाज ,परम्परा सगँ पनि सम्बन्ध भएको कारण यस्ता उद्योगलाई जोगाउन सवै लाग्नु पर्ने र वागमति प्रदेशको तर्फबाट के गर्न सकिन्छ आफुले पहल गरिदिने बताउने भयो । साथै उहाँले देशको शासन सत्तामा जाने व्यक्तिहरुले देशको भन्दा पार्टी र व्यक्तिगत स्वार्थमा लाग्दा देश उभो लाग्न नसकेको तितो अनुभव पनि सुनाउन्दै कृषि प्रधान देशमा कृषि क्षेत्रलाई प्रवर्ध्दन गर्नुको सट्टा कमिशनको लोभमा विदेशबाट बस्तु आयातित गर्न प्रोत्साहन गरिदिन्दा यहाँ स साना पुजीबाट संचालित उद्योगहरु धरासायी हुन पुगेको बताउनु भयो । साथै उहाँको आफ्नो जिवनमा पहिलो पटक भक्तपुरको ख्वप बजी (लोकल ताईचिन बजी) बजारमा अभाव भएको सुन्दा आफु एकदम अच्चमित भएको बताउन्दै भक्तपुरको सस्कृतिसँग जोडीएको यस्ता उत्पादनलाई जोगाउन सवै लाग्नु पर्ने बताउन्दै ,आयोजक समितिले यो मेला आयोजना गरी साना उद्यमीलाई प्रोत्साहन गरेकोमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रम अर्का अतिथि पुर्व वडाध्यक्ष रविन्द्र खर्बुजाले साविक वडा नं १५ हाल वडा नं २ मा रहेको औद्योगिक क्षेत्रलाई हस्तकला ग्राम बनाउन यहाँको स्थानीय जनताको जग्गा अधिग्रहण गरेको हुनाले यस्तै स साना उद्योगहरु सो क्षेत्रमा राखी त्यहाँ रहेका बातावरणले असर गर्ने उद्योगहरुलाई छिट्टै स्थानान्तरण गर्नुपर्ने धारणा राख्नुहुन्दै हालै मौसम विभागले यो बर्ष अधिक बर्षा हुने अनुमान गरेको हुनाले सवैजना सर्तक हुन र चनाखो हुनुपर्ने बताउनु भयो । त्यसै उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले भक्तपुर घरेलु तथा साना उद्योग सघसङ्गग विभिन्न कार्यक्रमहरु सहकार्य गरी संचालन गर्दा हरेक कार्यक्रमहरु उत्कृष्ट र प्रदेश सरकारको लक्षित अनुसार कार्य गरेको पाएकोमा खुशी व्यक्त गर्नभयो ।
कार्यक्रममा सहभागी सम्पुर्ण उद्यमी व्यवशायीलाई प्रमुख अतिथि श्री सुरेन्द्रराज गोसाईले प्रमाण पत्र वितरण गर्नुका साथै सहभागी स्टलहरुमध्ये स्टल सजावट ,रैथाने उत्पादन ,दिगोपन र व्यापारको हिसाबले उत्कृष्ट स्थलको नतिजा छनौट समितिका सदस्य सोम तामाङ्गले घोषणा गर्नु भई उत्कृष्ट स्टल हुन सफल मोन्तना प्लान्ट स्टुडियोका मतिना त्वानाबासु र तिमिला एशोसिरिसका रुकेश खुसुलाई प्रमुख अतिथि श्री गोसाईद्धारा सम्मान पत्रद्धारा सम्मान गर्नुभएको थियो ।
संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो समापन कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्योग संचालन गर्दा बागमति प्रदेश अन्तर्गत उद्योग, बाणिज्य भुमी तथा प्रशासन मन्त्रालयमा भएका विभिन्न समस्या तथा सुझावहरुबारे अवगत गराउनु भएको थियो भने घरेलु उत्पादन प्रवर्ध्दन मेलाका संयोजक हरिगोपाल त्वायनले मेला सफलतापुर्वक सम्पन गर्न प्रतक्ष्य एव अप्रतक्ष्य सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो भने संघका सचिव श्रीजना कक्षपतिले मेलाको औचित्यमाथि प्रकास पार्नु भएको थियो ।










