भक्तपुर नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै नगरपालिकाले ७५ शैय्याको आइसोलेसन केन्द्र सञ्चालनको तयारी गरेको होे । यस अघि संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पताल पठाउँदै आएकोमा संक्रमण समुदायस्तरमा फैलिएसँगै जनतालाई सहज सेवा उपलब्ध गराउन नगरपालिकाले छुटै आइसोलेसनको आवश्यकता महशुश गरी तयारी थालेको हो ।
आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती बस्ने बन्दोबस्तगरिएको छ भने भुइातल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको छ । उक्त आइसोलेसन केन्द्रमा नगरपालिका स्वयम्ले आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन पनि गरेको छ ।
आइसोलेसनमा बस्ने संक्रमितहरुको लागि आवश्यक लुगाफाटा बाहेक सबै सुविधा नगरपालिकाले व्यवस्था गरिनेछ । प्रत्येक संक्रमितहरुको लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइलचार्जको लागि छुटाछुटै एक्सटेन्सनवायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिकासहितको ¥याक व्यवस्था गरिएको छ ।
आइसोलेसन केन्द्रमा हरेक दिन ३ जना नर्सले नियमित ड्युटीको व्यवस्थागर्नुका साथै प्रत्येक दिनबिहान १ र बेलुकी १ गरी दुई जना डाक्टरहरुले ड्युटी गर्नेछ । केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जनाकर्मचारीहरु व्यवस्थागरिएको छ । संक्रमितहरुलाई सूचना प्रवाहको लागि माइकिङ र अलगअलग फोनको व्यवस्था आइसोलेसन केन्द्रमा छ । साथै संक्रमितहरुको लागिछुटै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको बन्दोबस्त रहेको छ भने दैनिक चार छाक खानाखाजा खुवाइने व्यवस्था पनि गरिएको छ ।
भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकोमा परिवारै संक्रमित देखिएकोे हुँदाहोम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुटै आइसोेलेसनको व्यवस्था गरेको हो । संक्रमितहरुको निम्ति आवश्यक भएमा अक्सिजनकोे व्यवस्था पनि गरिएको छ । तर रोगका लक्षण नदेखिएका अथवा सामान्य लक्षण देखिएकाहरुलाई आइसोलेसन केन्द्रमा राखिने व्यवस्था गरेको छ । आइसोलेनमा बस्दा बस्दै बिरामीलाई अप्ठेरो महसुस भएको खण्डमा डाक्टरको सल्लाह मानपाको डेडिकेटेड एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारको निम्ति पठाउने बन्दोबस्त गरिएको छ । त्यसको निम्ति आइसोलेसन केन्द्रमा अलग्ग एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।
टोलीले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, निर्माणाधीन ख्वप अस्पताल र श्वासप्रश्वास पुनःस्थापना केन्द्रको पनि स्थलगत निरीक्षण गरेको थियो ।
