बादललाई हराउँदै देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्।
आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन्।
उनले ५०८८ मत प्राप्त गर्दा बादलले भने ४ हजार १४ मत मात्र प्राप्त गरे। देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका थिए।