चक्रवातको प्रभावका कारण देशभर यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा रहेको यास नामक चक्रवातको प्रभावका कारण देशभर बदली तथा वर्षा भइरहेको जनाएको छ।

हाल प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली भइरहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ।