विनिता थापा
काठमाडौं । कीर्तिमानी खेलाडी संगिना बैद्यलाई राष्ट्रपतिद्वारा प्रवल जनसेवा श्री चतुर्थ मानपदवीद्वारा आज शीतलनिवासमा आयोजित एक समारोहबीच विभुषित गरिएको हो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा खेल क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकी ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना विभूषित भएकी छन।
अन्तराष्ट्रिय तेक्वान्दो खेलमा सफल मानिएकी संगिना घरेलु प्रतियोगिताहरुमा पनि नम्बर एक खेलाडी थिइन् । उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राजगर्दै १० अन्तराष्ट्रिय स्वर्ण पदक जितेकी थिइन्।










