भक्तपुर । “कुनै व्यक्ति सफल हुदैमा असल भएको मान्न सकिन्दैन ।” उक्त विचार पूर्व प्रधानाध्यापक एवं नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं भक्तपुर नगर समितिका अध्यक्ष का. नारायणबहादुर दुवालले आज झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी–७ बाट आयोजित एसइई विद्यार्थीहरुको लागि मार्गदर्शन र परामर्श कार्यक्रमको उद्घाटन मन्तव्यमा व्यक्त गर्नुभएको हो ।
आदर्श आजाद मा.वि.भेलुखेल, गणेश मा.वि. भार्वाचो, वाइजल्याण्ड सेकेण्डरी स्कूल जगती, सूर्योदय मा.वि. खँचा, ब्राइटस्टार सेकेण्डरी स्कूल सूर्यविनायक लगायतका विद्यालयहरुका का विद्यार्थीहरु सहभागि भएको उक्त परामर्श तथा मार्गदर्शन कार्यक्रममा वाइजल्याण्ड सेकेण्डरी स्कूलका प्रिन्सिपल आशाकुमार चिकंबञ्जार, पारागन इ. स्कूलका शिक्षक रत्नवीर किसी, गणेश मा.वि. भार्वाचोका शिक्षक लक्ष्मीसुन्दर सुवाल लगायतका शिक्षकहरुले विद्यार्थीहरुलाई विभिन्न विषयहरुमा मार्ग दर्शन गर्नुका साथै परामर्श दिएका थिए ।
संस्थाको शिक्षा उप–समितिका संयोजक लक्ष्मीसुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पवन ग्वाछा र जमुना गोसाईले पनि बोल्नुभएको थियो ।










